Edusanjal

दक्षिणकालीका एसईईमा सफल १५ जना सम्मानित

दक्षिणकाली नगरपालिकाबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ मा सफल १५ जना विद्यार्थीलाई साहस नेपालले सम्मान गरेको छ ।

दक्षिणकाली नगरपालिका वडा नं ४ का सामुदायिक तथा संस्थागत विद्यालयबाट एसईई दिएका  विद्यँर्थीलाई उक्त संस्था सम्मानका साथै करियर काउन्सिलिङ  प्रदान गरिएको थियो ।

एसईईमा सफल सबै विद्यार्थीलाई प्रशंसा पत्र र डायरी प्रदान गरिएको संस्थाका संस्थापक अध्यक्ष प्रकाश विशुङ्केले जानकारी दिए । सम्मानित १५ जनामध्ये २ जनाले ए प्लस, ७ जनाले  ३.२ देखि ३.६ जीपीए,  ४ जनाले ३.२देखि ३.४ जीपीए,  दुई जनाले २.देखि ३.२ जीपीए प्राप्त गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतले भविष्यको शिक्षा प्रविधिमैत्री भएकाले यसतर्फ विद्यार्थीले ध्यान दिनुपर्नेमा जोड दिए । मेयर बस्नेतले विषयगत समितिमार्फत शैक्षिक क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरी विभिन्न नयाँ कार्यक्रम थालिएको बताए ।

नगर उपप्रमुख बसन्ती डंगोल तामाङले संस्थाको नामजस्तै हिम्मतका साथ सम्मान कार्यक्रम आयोजना गर्न पाएकोमा खुसी व्यक्त गरिन् ।यसका साथै नगर कार्यपालिका सदस्य तथा आर्थिक विकास समितिका संयोजक सुरेश बस्यालले आफ्नो विवेक प्रयोग गरी अरुको देखावटी पछि नलागी आफ्नो इच्छा अनुसार भविष्यको निर्णय लिन सुझाव दिए । उनले एसईई र १२ कक्षा पास गरेर उच्च शिक्षाको नाममा विदेश जाने चलन रहेको बताए । सकेसम्म देशमै बसेर पढाइसँगै समाजमा योगदान पुर्याउने हो भने छोटो समयमै समाजलाई समृद्ध बनाउन सकिने बताए ।

अभिनन्दन कार्यक्रमसँगै सिद्धार्थ बैंक लिमिटेड फर्पिङ शाखाका प्रमुख उज्ज्वल खड्का क्षेत्रीले ‘एसईई पछि के’ भन्ने उद्देश्यले आयोजना गरेको करियर काउन्सिलिङ कार्यक्रममा विद्यार्थीसँग अन्तरक्रिया गरेका थिए । विद्यार्थीहरुलाई क्भ्भ् पछि आफ्नो शैक्षिक भविष्यप्रति गम्भीर हुन प्रेरित गरिएको थियो । उनले विद्यार्थीलाई अहिलेदेखि नै मिहिनेत गरे जीवनमा सक्षम र सफल बन्न सक्ने बताउँदै सबै कुराको सफलता व्यवस्थापनमा भर पर्ने बताए । पारिवारिक दबाबभन्दा पनि आफ्नो क्षमता र इच्छाअनुसार विषय छनोट गर्न सुझाव दिए ।

pre school