Edusanjal

निःशुल्क अनलाइन डाटा लिनका लागि समय थपियो

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विद्यार्थी वित्तीय सहयोग कार्यक्रम अन्तर्गत विद्यार्थीलाई निःशुल्क डाटाका लागि फर्म भर्ने समय थप गरिएको छ ।

अघिल्लो सूचनामा कार्तिक २१ गते भित्र आवश्यक प्रक्रिया पुर्याइ फर्म भर्न सूचना जारी गरेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पुनः अर्को सूचना जारी गरी आगामी मंसिर १९ गते सम्म डाटा लिन विद्यार्थीलाई फर्म भर्न सूचित गरेको छ ।

केन्द्रका अनुसार सामुदायिक विद्यालयबाट कक्षा १२ उत्तीर्ण भई स्नातक तहमा नियमित रुपमा अध्ययनरत विद्यार्थीहरूलाई निशुल्क अनलाइन डाटा प्रदान गरिने छ ।

‘कोभिड–१९ को महामारीको संकटबाट उच्च शिक्षा अध्ययनरत विपन्न वर्गका विद्यार्थीहरुको समतामूलक पहुँच सम्बन्धमा उत्पन्न समस्या न्यूनीकरण गर्नका लागि यो कार्यक्रम लागु गरिएको हो ।’ केन्द्रका सूचना अधिकारी माधवप्रसाद दाहाल भन्छन्, ‘विद्यार्थी वित्तीय सहयोग कार्यक्रम कार्यान्वयनका लागि अनलाईन फाराम भरेका विद्यार्थीहरूको क्याम्पसहरूले अनलाइन फाराम समेत अनिवार्य रूजू गर्नुपर्ने छ, क्याम्पसहरूले उक्त प्रयोजनका लागि युजर नेम र पासवर्ड प्राप्त गर्न क्याम्पस प्रमुखको नाम, फोन नं र क्याम्पसको इमेल सहित कार्यक्रमको इमेल ठेगानामा पठाउनु पर्नेछ ।’

pre school