Edusanjal

आन्तरिक लेखा परीक्षण,बेरुजु फछ्यौट र सम्परीक्षण सम्बन्धी दुईदिने तालिम सम्पन्न

त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालयको आयोजनामा आन्तरिक लेखा परीक्षण,बेरुजु फछ्यौट र सम्परीक्षण सम्बन्धी दुईदिने तालिम सम्पन्न भएको छ ।

त्रिवि केन्द्रीय कार्यालय लगायतका विभिन्न महत्वपूर्ण निकायका आर्थिक प्रमुखहरुको सहभागिता रहेको सो तालिममा आन्तरिक लेखापरीक्षणलाई व्यवस्थित गर्ने, समग्र बेरुजुको अवस्थाका बारेमा सिंहावलोकन गरी बेरुजु फछ्र्यौटलाई प्रभावकारी कार्यान्वयन गर्ने र सम्परीक्षण कार्यलाई थप व्यवस्थित पार्ने विषयमा केन्द्रीत  रहेको थियो ।

त्रिभुवन स्मृति भवन कीर्तिपुरमा हिजो र आज आयोजित तालिमका समापन गर्दै उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले आर्थिक अनुशासन कायम गर्दै बेरुजु न्यूनीकरण गर्न कुनैपनि कसर बाँकी नराख्न सम्बन्धित पक्षलाई निर्देशन दिएका छन् ।

उनले आन्तरिक लेखापरीक्षणमा  एकरुपता कायम गरी लेखापरीक्षणमा संलग्न कर्मचारीहरुलाई बेरुजु फर्छयौटमा समन्वयको भूमिका निर्वाह गर्न आग्रह समेत गरे । ‘हामी शासक होइनौ सेवक हौं भन्ने भावनाका साथ सहजीकरण गर्दै आर्थिक प्रशासन महाशाखा र लेखापरीक्षण महाशाखाविच परिपुरकको भूमिका हुनु पर्छ ।’ उपकुलपति प्राडा बास्कोटाले भने, ‘बेरुजुलाई क्रमशः शुन्य  अवस्थामा ल्याउनुपर्छ ।’

त्रिविका शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालले बेरुजु फर्छयौट कार्यलाई बार्षिक रुपमा समिक्षा गर्दै रणनीतिक ढंगले नै आर्थिक अनुशासन कायम गरी बेरुजु न्यूनीकरणतर्फ लाग्नुपर्ने धारणा व्यक्त व्यक्त गरे ।

उनले तालिमलाई तालिमको रुपमा मात्रै नलिई व्यवहारिक कार्यान्वयनमा समेत तालिमको प्रभाव देखिनुपर्ने बताए । समग्र विश्वविद्यालयको आर्थिक क्रियाकलापलाई प्रविधिमा रुपान्तरण (सफ्टवेयर निर्माण) गरेर बेरुजु न्यूनीकरण गर्ने परिस्थिति निर्माण गर्नुपर्ने बताए ।

त्रिविका रजिष्ट्रार प्राडा पेशल दाहालले त्रिभुवन विश्वविद्यालयमा आर्थिक पारदर्शिता र अनुशासनको अवस्था विकराल रहेको बताउँदै विद्यमान नियम÷कानुन सँग बाजिएका सम्पूर्ण आर्थिक गतिविधिलाई कारवाहीको दायरामा ल्याउने प्रतिवद्धता व्यक्त गरे ।

तालिममा आर्थिक प्रशासन महाशाखाका प्रमुख कुमार प्रसाद हुमागाईले त्रिभुवन विश्वविद्यालयको बजेट व्यवस्थाका बारेमा विश्लेषणात्मक कार्यपत्र प्रस्तुत गरेका थिए भने लेखापरिक्षणका विविध पक्षका वारेमा रजिष्ट्रार प्राडा दाहाल र आर्थिक प्रशासन विज्ञ दामोदर पुडासैनीले कार्यपत्र प्रस्तुत गरेका थिए ।

pre school