Edusanjal

पोखरामा एनसीए कलेज अफ म्यानेजमेन्टको सम्पर्क कार्यालय स्थापना

नेपालमा एसीसीएको अध्यापनमा विद्यार्थीको पहुँच पुर्याउने उद्देश्यले एनसीए कलेज अफ म्यानेजमेन्टले गण्डकी प्रदेशको राजधानी पोखरामा आफ्नो सम्पर्क कार्यालय स्थापना गरेको छ ।

पोखराको जिरो किलोमा अवस्थित फेम ईन्टरनेसनल एजुकेसन फाउन्डेसनको सहकार्यमा सम्पर्क कार्यालय स्थापना गरिएको हो । सम्पर्क कार्यालय स्थापनाका लागि हिजो फाउन्डेसन र एनसीए कलेज अफ म्यानेजमेन्टका विच एक सम्झौता पत्रमा हस्ताक्षर भई एनसीएको पोखरा सम्पर्क कार्यालय फेम ईन्टरनेसनल एजुकेसन फाउन्डेसन जिरो किलोमा रहने सहमति भएको छ ।

उक्त सहमति पत्रमा एनसीएको तर्फबाट अध्यक्ष सुरेश पण्डित र फेम एजुकेसनका तर्फबाट प्रिन्सिपल विजय बरालले हस्ताक्षर गरेका छन् ।

उक्त हस्ताक्षर समारोहलाई सम्वोधन गर्दै एनसीए कलेजका अध्यक्ष सुरेश पण्डितले विश्वभरिनै सर्वाधिक लोकप्रिय रहेको एसीसीए.कोर्र्सको बाारेमा सो क्षेत्रका विद्यार्थीहरूले संम्पर्क कार्यालयबाटै फष्टह्याण्ड जानकारी प्राप्त गर्न सक्ने बताए । विद्यार्थीहरुका लागि सुविधा पुर्याउने उद्देश्यले उक्त कार्यालय स्थापना गरिएको उनले जानकारी दिए ।

यसैगरि फेम एजुकेसनका निर्देशक तिलक लामिछानेले आफ्नो संस्थालाई विश्वास गरी एनसीएको सम्पर्क कार्यालय राख्न पाउनु सुर्वण अवसर रहेको बताए । उनले यस क्षेत्रमा एसीसीए कोर्सको प्रवद्र्धनको लागि आफूहरू प्रतिवद्ध रहेकोमा विश्वस्त रहन आग्रह समेत गरे ।

एनसीए कलेजले नेपाली विद्यार्थीलाई विगत १८ बर्षदेखि निरन्तर रुपमा गुणस्तरीय एसीसीए व्यावसायिक शिक्षा प्रदान गर्दै आएको छ । सन् २०१० मा कलेजको अध्ययन–अध्यापनको गुणस्तर मापन गरी द एशोसिएसन अफ चार्टर्ड सर्टिफाईड एकाउन्टेण्डस्ले एप्रुभ लर्निङ पार्टनर गोल्डको मान्यता दिएको थियो ।

शिक्षा मन्त्रालयबाट एसीसीए कक्षा सञ्चालन गर्न स्वीकृत प्राप्त गर्ने यो नेपालको पहिलो गोल्ड स्टाटस कलेज भएको अध्यक्ष पण्डितले जानकारी दिए । एसीसीए बेलायतको द एसोसिएसन अफ चार्टर्ड सर्टिफिकेट एकाउण्टेन्टस युकेद्वारा सञ्चालित चार्टर्ड एकाउन्टेन्सी कोर्स हो ।

उक्त कार्यक्रममा एनसीए कलेजका सल्लाहकार एवं. जनता टेलीभिजनको शिक्षाकाका कुरा कार्यक्रमका निर्माता एवं प्रस्तोता नारायण आचार्य, फेम एजुकेसनका पिन्सिपल जिजय बराल, उक्त संस्थाका शिक्षक तथा अध्ययनरत विद्यार्थीहरुको समेत उपस्थिति रहेको थियो ।

pre school