Edusanjal

करार शिक्षक र कर्मचारीलाई बिना प्रतिस्पर्धा स्थायी गरेकोमा पूर्व उपकुलपतिको आपत्ति

त्रिभुवन विश्वविद्यालयमा करार सेवामा कार्यरत शिक्षक र कर्मचारीलाई बिना प्रतिस्पर्धा स्थायी गरेकोप्रति त्रिविका पाँच पुर्वउपकुलपतिहरुले विरोध गरेका छन् ।

त्रिविका पुर्वउपकुलपतिहरु केदारभक्त माथेमा, कमलकृष्ण जोशी, महेशकुमार उपाध्याय,  हीराबहादुर महर्जन  र नविनप्रकाश जङ्ग शाहले सोमबार बिहीबार विज्ञप्ति जारी गर्दै उक्त निर्णय बदर गर्न माग गर्दै विरोध जनाएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘‘त्रिविसभा बैठकले विगत १० वर्षदेखि करारमा कार्यरत तर यसअघिका प्रतियोगीताहरुमा उतीर्ण गर्न नसकेका ४८० जना व्‍यक्तिहरुलाई मात्र परीक्षामा सामेल गराइ स्थायी निर्णय गर्नु अत्यन्त दुर्भाग्‍य हो। त्रिवि सभाको उक्त आत्मघाती निर्णय कार्यान्वयन नगर्न र त्रिवि सभाको विशेष बैठक बोलाएर उक्त निर्णय बदर गर्न त्रिवि प्रशासनलाई हाम्रो गम्भीर सुझाव छ।’

यसका साथै त्रिवि सभाको यस्तो निर्णयले शिक्षाको स्तरीयतामाथि प्रश्‍न उठ्‍ने र विश्‍वविद्यालय सेवामा प्रवेश गर्न योग्‍य व्‍यक्तिहरुको प्रतियोगितामा सामेल हुने मौलिक अधिकार कुण्ठित हुने उनीहरुको भनाइ छ ।

pre school