Edusanjal

नयाँ शिक्षकसंग शुल्क नलिन निर्देशन

शिक्षा तथा मानव स्रोत केन्द्रले देशभरका शिक्षा विकास तथा समन्वय एकाइलाई नयाँ शिक्षक संग कुनै शुल्क नलिन निर्देशन दिएको छ । केन्द्रले अहिले परिपत्रगर्दै शिक्षक सेवा आयोगबाट नियुक्तिका लागि सिफारिस भएका शिक्षकसंग कुनै प्रकारको शुल्क नलिन निर्देशन दिएको हो ।

आयोगबाट सिफारिस भई पदस्थापनाका लागि जिल्ला पठाइएका उम्मेदवारलाई केही एकाइले जिल्लामा नियुक्ति लिन र स्थानीय तह छनोट गर्न जाँदा विविध कारण देखाई जिल्ला शिक्षा समिति कोषमा रकम जम्मा गर्न लगाउँदै आएका छन् ।आयोगबाट सिफारिस भै आएका व्यक्तिको स्थान छनोेट नियुक्ति र पदस्थापनका कार्य गरे गराए वापत रकम जम्मा गर्न लगाउने जस्ता प्रकृतिका कार्य नगर्न नगराउन केन्द्रले निर्देशन दिएको हो ।

विभिन्न जिल्लाले जिल्ला शिक्षा समितिको बैङ्क खातामा रु. ७०० देखि ३ हजार सम्मलिएको गुनासो आएपछि केन्द्रले यस्ते निर्देशन दिएको केन्द्रका महानिर्देशक दीपक शर्माले बताए ।

‘आयोगबाट नियुक्तिका  लागि सिफारिस भएका शिक्षकलाई कुनै पनि शुल्क नलिन आज सबै एकाइलाई निर्देशन दिएका छौं ।’ उनले भने, ‘शिक्षा ऐन विपरीत कसैले यस्तो गरेमा कानुनी कारबाही गर्न बाध्य हुने छौं ।’

pre school