Edusanjal

विश्वस्तरीय शिक्षामा मदन भण्डारी विश्वविद्यालय सफल हुने

 शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले आज उद्घाटन गरिएको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विश्वस्तरीय जनशक्ति उत्पादनमा सफल हुने विश्वास व्यक्त गरेका छन् । उनले सो विश्वविद्यालयको उद्घाटन सत्रलाई सम्बोधन गर्दै विश्वविद्यालयले अध्ययन र अनुसन्धानमा केन्द्रित हुने विश्वास व्यक्त गरे ।

 विश्वविद्यालयको उद्घाटन सम्मेलनलाई सम्बोधन गर्दै विश्वविद्यालयले विज्ञान तथा प्रविधिसम्बन्धी उच्चशिक्षाका लागि सफलता प्राप्त गर्ने  र विश्वस्तरीय शिक्षणमा सफल हुँदै अध्ययन तथा अनुसन्धानमा केन्द्रीत हुने विश्वास व्यक्त गरे  ।

‘सक्षम प्राविधिक र वैज्ञानिक जनशक्ति उत्पादन गरी नेपाली अर्थतन्त्रको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न विश्वविद्यालय सफल हुनेछ’, मन्त्री राईले भने, ‘धेरै चुनौतीलाई पार गर्दै विज्ञान तथा प्रविधिसम्बन्धी उच्चशिक्षाका लागि मदन भण्डारी विश्वविद्यालयले सफलता प्राप्त गर्नेछ ।’

सम्मेलनमा विज्ञान तथा प्रविधिको क्षेत्रमा संयुक्तरुपमा अध्ययन अनुसन्धानका लागि विश्वविद्यालय र लार्के हिमाल जडीबुटी उद्योगबीच सम्झौता पत्रमा हस्ताक्षरसमेत  गरिएको छ ।

विसं २०७६ वैशाखमा मदन भण्डारी विज्ञान तथा प्रविधि विकास बोर्डको स्थापनासँगै विश्वविद्यालय स्थापनाको तयारी सुरु भएको थियो । विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष डा राजेन्द्रध्वज जोशी र उद्योगका अध्यक्ष दीपक पाण्डेले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

विश्वविद्यालयले मकवानपुरको चित्लाङमा डिसेम्बर १, २०२३ देखि देशको वास्तविक जीवन आवश्यकतामा केन्द्रित हुने गरी अनुसन्धानमा आधारित स्नातकोत्तर र पीएचडी कार्यक्रम सुरु गर्ने तयारी गरिरहेको छ । सक्षम प्राविधिक र वैज्ञानिक जनशक्ति उत्पादन गरी नेपाली अर्थतन्त्रको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गरी स्थानीय परिवेश अनुरूप ज्ञान र प्रविधिको सिर्जना तथा अनुकूलन गरी समृद्ध नेपाल निर्माणमा सघाउने उद्देश्यले विश्वस्तरीय अनुसन्धानमूलक विश्वविद्यालयको परिकल्पना गरिएको विश्वविद्यालयका बोर्ड अफ ट्रष्टीका अध्यक्ष पद्य ज्योतीले बताए ।

pre school