Edusanjal

कक्षा १२ को पुरक परीक्षामा ७० प्रतिशतभन्दा बढी उत्तीर्ण

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि  (पूरक) परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ ।

भदौ २५ र २६ गते सञ्चालन गरेको परीक्षाको नतिजा बोर्डको आजको निर्णय अनुसार सार्वजनिक गरेको हो । 

कूल परीक्षार्थी १, लाख २२, हजार १७१ परीक्षार्थी  सहभागी भएकोमा सबै विषयमा  ८६ हजार २४६ जनाले  ग्रेड प्राप्त गर्न सफल भएका छन् ।  सो परीक्षाम ा ७० दशमल ६०प्रतिशत विदार्थी उत्तीर्ण भएका छन् ।

सो परीामा दुई जनाको परीक्षाफल रद्द गरिएको छ । भने तीन जनाको नतिजा  स्थगित गरिएको छ ।

नेपाल टेलिकमको १६०० मा एसएमएस  गरी प्राप्त गर्न सकिने छ ।

कक्षा १२ को पूरक परीक्षामा सहभागी भई प्रत्येक विषयको सैद्धान्तिक परीक्षामा कम्तिमा डी ग्रेड प्राप्त गरेका परीक्षार्थीहरूले नतिजा प्रकाशन भएको मितिले ७ दिन पश्चात् मात्र ट्रान्सक्रिप्ट माईग्रेसन प्रोभिजनल र पूरक प्रमाणपत्रका लागि रसिद काट्न सक्नेछन् ।

शैक्षिक प्रमाणपत्र प्राप्तिका लागि कक्षा ११ र १२ मा तोकिएको न्यूनतम ग्रेड प्राप्त गरेको ग्रेडसिट र लेजरको प्रमाणित प्रति अनिवार्य रूपमा संलग्न गर्नुपर्ने छ ।

कक्षा १२ को पूरक परीक्षाफल प्रकाशन पश्चात् आफूले प्राप्त गरेको कुनै विषयको ग्रेडमा चित्त नबुझी पुनर्योग गर्न चाहने परीक्षार्थीहरूले प्रति विषय रु पाँच सयका दरले अनलाइन  मार्फत दस्तुर बुझाई परीक्षाफल प्रकाशन भएको मितिले १५  दिन राष्ट्रिय परीक्षा बोर्डमा आवेदन दिन सक्नेछन् ।

परीक्षाफल प्रकाशनका क्रममा कुनै त्रुटि (स्थगित वा अनुपस्थित, विषय फरक पर्ने, नाम थर, रजिष्ट्रेशन नम्बर फरक पर्ने आदि)  देखिएमा बोर्डका सम्बन्धित कार्यालयहरू वा राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी, भक्तपुरमा नतिजा प्रकाशन भएको मितिले ६ महिनाभित्र आवश्यक कागजात सहित निवेदन पेश गर्नु पर्ने छ । अनु

 

pre school