Edusanjal

उत्कृष्ट खेलाडीलाई एसपीए कलेजले छात्रवृत्ति प्रदान गर्ने

प्रथम धनगढी अन्तर डोजाङ खुल्ला तेक्वान्दो प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई सुदूर पश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

वैशाख २१ गते देखी २३ गते सम्म धनगढी  स्थित कबड हलमा सञ्चालित तेक्वान्दो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई कलेजले छात्रवृत्ति प्रदान गर्ने भएको हो ।

जनहित तेक्वान्दो डोजाङ्गले आयोजना गरेको प्रथम धनगढी अन्तर डोजाङ खुल्ला तेक्वान्दो प्रतियोगिता २०८१ को समापन कार्यक्रमको प्रमुख अतिथि समेत रहेका सुदूरपश्चिम प्रदेश तेक्वान्दो संघका अध्यक्ष एवं (एसपीए) कलेजका प्रबन्ध निर्देशक सुबास साहीले  उत्कृष्ट खेलाडीलाई कलेजमा छात्रवृत्ति प्रदान गर्ने प्रतिबद्धता जनाएका हुन् ।

उक्त प्रतियोगितामा आयोजक जनहित तेक्वान्दो डोजाङ्गको टिम १३ स्वर्ण पदक प्राप्त गर्दै प्रथम भएको छ ।  भने ५ स्वर्ण पदक सहित गिली तेक्वान्दो डोजाङ्ग टिम दुतिय र ४ स्वर्ण पदक प्राप्त गर्दै भवानी तेक्वान्दो डोजाङ्ग टिम तृतीय भएको छ ।

शेर बहादुर सिंहको अध्यक्षतामा समापन भएको उक्त प्रतियोगिताको कार्यक्रममा, विशिष्ट अतिथिमा चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशी, सुदूरपश्चिम खेलकुदका कार्यालय प्रमुख टोप ब विष्ट रहेका थिए ।

विभिन्न खेल प्रति आस्थावान् विभिन्न स्कुलहरू का शिक्षक, शिक्षिका, अभिभावक तथा खेल प्रेमीहरूको उपस्थितिमा भव्यताका साथ सम्पन्न भएको कार्यक्रममा आयोजक संस्थाले गुजुरियो करातेका प्रशिक्षक प्रकाश चन्द, पत्रकार दीपक उपाध्याय र सुदूरपश्चिम प्रदेश तेक्वान्दो संघका संस्थापक महासचिव कटक सिंहलाई सम्मान समेत गरेको छ ।

pre school