Edusanjal

पोखरामा स्कुल बस दुर्घटना

पोखरामा आज बिहान ८ बजेर ५५ मिनेट जाँदा स्कुल बस दुर्घटनामा परेको छ ।

 पोखरा महानगरपालिका वडा नं। २१ गुड्कुस्थित भित्री सडकखण्डमा रामदीबाट पोखरा तर्फ आउँदै गरेको देवकोटा मेमोरियल ईङ्लिस बोर्डिङ स्कुलको ग १ क ६२१९ नं को स्कुल बस दुर्घटना भएको हो ।

स्कुल बस दुर्घटना  हुँदा २ जनाको मृत्यु भएको छ भने अन्य २८ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बस चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो।

दुर्घटनामा विद्यालयकी कार्यालय सहयोगी आरती विक र सोही विद्यालयमा पढ्ने उनका ५ वर्षीय छोरा प्रिन्स विकको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

दुर्घटनामा परी घाइते भएका रामदी बस्ने वर्ष १४ का दिप्सन कार्की, वर्ष ६ की योना गुरुङ, वर्ष १३ की डिना गुरुङ, वर्ष १५ की प्रकृती कार्की, एकहाते बस्ने वर्ष ६ का प्रिन्स राना, रामदी बस्ने वर्ष ७ की चिजा बिक, वर्ष ९ का प्रवेश कार्की, वर्ष १२ की विसिका पौडेल, वर्ष ११ का विश्वास पौडेल,पोखरा महानगरपालिका २१ कृष्तीका वर्ष ९ का अनमोल बिक, सोही स्थानका वर्ष ५ का रोशन बराल, एकहाते बस्ने वर्ष १२ की सिम्रन बिक र वर्ष ११ का विवश खत्रीको उपचार गण्डकी मेडिकल कलेजमा भइरहेको  प्रहरीले जानकारी दियो ।

वर्ष ८ की अनन्या पौडेल, वर्ष ३ की सिमन मगर, वर्ष ३ का न्युजन मगर, वर्ष ७ का रिजन मगर, वर्ष १२ को रामकृष्ण नेपाली, वर्ष २ का अंकित खत्री, वर्ष १४ की सितादेवी बि।क।, वर्ष ७ का अस्मित बिक र वर्ष ३० की सुमित्रा सुनार, वर्ष २ का निर्दोष सुनार, वर्ष ११ का निश्चल सुनार, वर्ष ३० की सपना आले (शिक्षक), को पश्चिम क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

त्यस्तै पोखरा महानगरपालिका १७ बिरौटाका ५५ बर्षीय बस चालक वर्ष टेक बहादुर भुजेल, पोखरा २१ रामदीका ८ वर्षका निशान सुनार, वर्ष ५ का सागर थापाको उपचार मणिपाल शिक्षण अस्पतालमा भइरहेको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले घाइते विद्यार्थी, शिक्षक र कर्मचारीको सामाजिक सञ्जाल मार्फत शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छिन् ।

pre school