Edusanjal

विद्यालयले दिवा खाजामा बजारको प्याकेटको खाजा खुवाउन नपाउने

शिक्षा तथा मानव स्रोत विकास केन्द्र (विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखा) ले विद्यालयहरुले बजारबाट तयारी प्याकेटको खाजा खरिद गरी खुवाउन नहुने निर्देशन दिएको छ ।

केन्द्रले आज एक सूचना जारी गरी केहि विद्यालयहरुले बजारबाट तयारी प्याकेटको खाजा खरिद गरी खुवाउने गरेको भन्ने जानकारीमा आएकाले सरकारको नीति विपरित र बालबालिकाको स्वास्थ्य सम्वेदनशिलतामा असर पर्ने भएकाले साथै स्थानीय कृषकको आय स्तरमा सुधार गर्ने समेत दिवा खाजा खुवाउन निर्देशन दिएको हो ।

स्थानीय स्तरमा उत्पादन भएका खाद्य वस्तुहरुको उपयोग गरी विद्यालयले साप्ताहिक रुपमा खाजा मेनु तयार गरेर मापदण्ड बमोजिम पकाएर ताजा सफा र सन्तुलित खाजा खुवाउने व्यवस्था गर्न समेत केन्द्रले निर्देशन दिएको छ ।

pre school