Edusanjal

मन्त्रालयले अनुदान दिन कार्यविधि ल्यायो (कार्यविधि सहित)

कम्तीमा दशओटा शोधपत्र समावेश गरेको पुस्तिका प्रकाशन गर्नेलाई अनुदान दिने प्रयोजनले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ‘वैज्ञानिक समाजलाई अनुदान सहयोग कायविधि, २०७९’ जारी गरेको छ ।

विनियोजन ऐन, २०७९ को दफा ९ उपदफा (२) को अधिकार प्रयोग गरी मन्त्रालयले यो कार्यविधि जारी गरेको हो । विज्ञान तथा प्रविधिसंग सम्बन्धित विषयको खोज, अनुसन्धान,जर्नल प्रकाशन, सभा सम्मेलन, कार्याशाला, गाष्ठि आदि सञ्चालन गर्ने उद्देश्यले स्थापना भएको समूहलाई कार्यविधिले वैज्ञानिक समूह मानेको छ ।

उक्त समाजले प्रकाशन गर्ने जर्नलका लागि अनुदान दिने प्रयोजनले यो कार्यविधि ल्याइएको मन्त्रालयले जानकारी दियो । न्यूनतम् दुई लाख रुपियाँ र अधिकतम् तीन लाख रुपियाँ मन्त्रालयले छनोट गरेको समूहलाई प्रदान गरिने व्यवस्था सहित कार्यविधि जारी गरिएको छ ।

कुल पूर्णाङ्कको ८० प्रतिशतदेखि माथि प्राप्त गर्नेलाई तीन लाख रुपियाँ र साठी प्रतिशत वा सोभन्दा माथि प्राप्त गर्नेलाई दुई लाख रुपियाँ प्रदान गर्ने कार्यविधिमा व्यवस्था गरिएको छ ।

वैज्ञानिक समाजलाई अनुदान सहयोग कायविधि, २०७९

pre school