Edusanjal

पिइए एसोसिएसनले एक हजार एक विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने

पिइए एसोसिएसनले आफ्नो स्थापनाको २८ औँ बर्ष पुरा गरेको उपलक्ष्यमा एक हजार एक विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ ।

इन्जिनियरिङको प्रवेश परीक्षाको तयारी कक्षा लिन चाहने विद्यार्थीलाई छात्रवृत्ति उपलव्ध गराउने घोषणा गरेको हो ।

एसोसिएसनले आज पत्रकार सम्मेलन गर्दै गर्दै विभिन्न विश्वविद्यालयले इन्जिनियरिङ विषय तर्फ सञ्चालन गर्ने प्रवेश परीक्षाको अनलाइन माध्यमबाट तयारी गर्ने विद्यार्थीलाई पहिले भर्ना हुने प्राथमिकताको आधारमा छात्रवृत्ति उपलव्ध गराउने घोषणा गरेको छ ।

एसोसिएसनका कार्यकारी अधिकृत लक्ष्मण पोखरेलले इन्जिनियरिङ तयारी कक्षामा भौतिक रुपमा उपस्थित हुन नसक्ने विद्यार्थीलाई घरमै बसेर जनसुकै समयमा कक्षामा सहभागी हुन सक्ने व्यवस्था गरिएको जानकारी दिए । उनले भने, ‘पिइएको २८ वर्षको अवधिमा १ लाख ५० हजार जना विद्यार्थीले इन्जििनियरिङको प्रवेश परीक्षा उत्तीर्ण गरेका छन् ।’ उनले भने, ‘पिइएले मेन्टर्स डिजिटल लर्निङ प्लेटफर्म मार्फत इन्जिनियरिङ प्रवेश परीक्षाको तयारी कोर्स गराउने भएको छ ।’

कार्यक्रममा बोल्दै उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) का अध्यक्ष रमेश सिलवालले आर्थिक रुपले विपन्न विद्यार्थीले यो छात्रवृत्ति पाउन सके विपन्नको पहुँच इन्जिनियरिङमा पुग्ने बताए । ‘छात्रवृत्तिको मोडालिटी परिवर्तन गरेरै भएपनि विपन्न परिवारबाट अधययनमा रुचि राख्ने जेहेन्दार विद्यार्थीलाई अवसर दिनुपर्छ।! उनले भने, ‘सरकारले छात्रवृत्तिमा पढेका विद्यार्थीलाई केही समयका लागि काममा खटाउन सक्नुपर्छ। उच्च शिक्षा आर्जन गर्न विद्यार्थी विदेशिने समस्या छ। यसलाई हल गर्न पनि विश्वविद्यालय शिक्षाको गुणस्तरमा वृद्धि गर्नुपर्छ।’

कार्यक्रममा छात्रवृत्तिको विषयमा शिक्षक महासंघको अध्यक्ष कमला तुलाधर, राष्ट्रिय प्याव्सन अध्यक्ष सुवास न्यौपाने, प्याव्सन अध्यक्ष डिके ढुंगाना, अभिभावक महासंघको अध्यक्ष सुप्रभात भण्डारी लगायतले छात्रवृत्ति पछि उत्पादन भएका जनशक्तिको अवस्थाको खोजी हुनुपर्ने, छात्रवृत्ति पहुँचका आधारमा नभइ लक्षित समूहलाई प्रदान गर्नुपर्नेमा जोड दिएका थिए ।

pre school