Edusanjal

विश्वविद्यालयमा विद्यार्थी बढे, सिट खाली

गत शैक्षिक वर्षको तुलनामा उच्च शिक्षामा विद्यार्थी संख्या बढेका छन् । आर्थिक बर्ष २०८०–८१ मा अघिल्लो वर्षको तुलनामा ५३ हजार ६०५ जना विद्यार्थी बढेका छन् ।

विश्वविद्यालय अनुदान आयोगले सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपालमा उच्च शिक्षा अध्ययनरत विद्यार्थीको संख्या ६ लाख ३३ हजार ५३ रहेको छ । त्यसमा त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीको संख्या ४ लाख ९१ हजार २९९ रहेको छ । कुल विद्यार्थी मध्ये त्रिविमा ७७ दशमलव ६१ प्रतिशत विद्यार्थी अध्ययनरत रहेका छन् ।

आंगिक क्याम्पसमा ३७ दशमलव ५८, सामुदायिकमा ३२ दशमलव २६ र निजीमा  ३० दशमलव १६ प्रतिशत विद्यार्थी अध्ययनरत रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्राविधिक विषयमा विद्यार्थी घटे

हाल प्राविधिक विषयमा विद्यार्थीको भर्ना १८ दशमलव ३२ प्रतिशत रहेको छ । प्राविधिक विषयमा गत वर्ष भन्दा १ प्राविधिक विषयमा विद्यार्थीको भर्ना १८दशमलव ३२ प्रतिशत रहेको छ ।  ४ प्रतिशत कम विद्यार्थी भर्ना धएका छन् ।

विषयगतरुपमा व्यवस्थापनमा ४४ दशमलव ६८, शिक्षा शास्त्रमा २२ दशमलव ०२,  विद्यार्थी अध्ययनरत छन् ।

स्नातकपछि हराउँछन्

हाल उच्च शिक्षाको भर्नादर २२ प्रतिशत रहेको छ । त्यसमा तहगत रुपमा स्नातकमा ८९ प्राविधिक विषयमा विद्यार्थीको भर्ना १८ दशमलव ३२ प्रतिशत रहेको छ । तहगत रुपमा हेर्दा स्नातकमा ८९ दशमलव ९६, स्नातकोत्तरमा ९ दशमलव ९६ र बाँकी त्यो भन्दा माथिका कक्षामा रहेको छ ।

यो तथ्यांकलाई हेर्दा स्नातकपछिको ठुलो समूहले माथिल्लो तह पार गर्ने गरेका छैनन् ।

१०८ ले क्युएए पाइसके

हाल आङ्गीक क्याम्पसको संख्या १६४ छ । सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसहरुको संख्या ५४५ , निजीको ६२३ गरी जम्मा १ हजार ४३२ ओटा क्याम्पस रहेका छन् ।

आयोगका अनुसार हाल १०८ उच्च शैक्षिक संस्थाले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणपत्र (क्युएए) पाएका छन् । ती मध्ये १२ ओटाले दोस्रो पटक पाएका छन् भने ३०२ ओटा उच्च शैक्षिक संस्थाको एलओआई स्वीकृत भई प्रत्यायनको प्रक्रियामा रहेका छन् ।

ठूलो धनरासी  विदेशियो

आयोगका अनुसार अध्ययनका लागि विद्यार्थीहरु विदेशिने क्रम बढेसंगै ठूलो धनरासी समेत विदेशिएको छ ।

आ।ब। २०७९–८० मा १ लाख १० हजार २१७ जना विद्यार्थी अध्ययनका लागि विदेश गए ।  ती विद्यार्थीले  १ खर्ब ४२ करोड ३३ लाख रुपियान् अध्ययन शुल्क तथा व्याक्तिगत खर्चका लागि लगे  ।

त्यसैगरी  आ।ब। २०८०–८१ मा १ लाख १२ हजार २६९ जना विद्यार्थी अध्ययनका लागि विदेश गए । उनीहरुले  १ खर्ब १७ अर्ब ५८ लाख रुपियाँ  अध्ययन शुल्क तथा व्याक्तिगत खर्चका लागि लगे ।

यस वर्षको असोज मसान्त सम्म २८ हजार विद्यार्थीले बैदेशिक अध्ययनका लागि अनुमति पत्र लिएका छन् । उनीहरुले  ३२ अर्ब १ करोड रकम विदेश लगेको देखिन्छ ।

विद्यार्थी भर्ना घट्यो

उच्च शैक्षिक संस्थाहरुको संख्या तथा शैक्षिक कार्यक्रमहरु क्रमिक रुपमा बढदै गएका छन् । ती संस्था तथा कार्यक्रमहरुमा विद्यार्थी भर्ना वर्सै पिच्छे क्रमिक रुपमा घटदै गएको छ ।

यस्ले उच्च शैक्षिक संस्थाहरुको सञ्चालन, आर्थिक व्यवस्थापन तथा दीगोपनामा समेत असर गरेको छ । यो अवस्थालाई सुधार गरी कुल भर्नादर बढाउनु चुनौतीपूर्ण  रहेको आयोगको प्रतिवेदनमा उल्लेख छ ।

कुल विद्यार्थी संख्यामा उल्लेख संख्या बढे पनि विश्वविद्यालयले तय गरेका कार्यक्रमको निर्धारित सिट संख्या नपुग्ने गरेको काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापा बताउछन् । ‘नेपाली विश्वविद्यालयले पनि आफ्ना कार्यक्रममा विविधता ल्याउने पर्छ’ उनी भन्छन्, ‘विश्वविद्यालयले एकीकृत विश्वविद्यालय अवधारण ल्याउन आवश्यक  छ ।’

उच्च शिक्षामा हुने अनुसन्धानलाई राष्ट्रिय प्राथमिकताको क्षेत्रसँग थप जोडेर अनुसन्धानबाट प्राप्त निचोडले राष्ट्रिय नीति निर्माण प्रक्रियामा पृष्ठपोषण प्रदान गर्ने र देशको समग्र आर्थिक र सामाजिक विकासमा सहयोग गर्ने भूमिका निर्वाह गर्ने वातावरण तयार गर्नु चुनौतिपूर्ण रहेको  उनी बताउँछन् ।

विश्वविद्यालयमा गैर प्राज्ञिक गतिविधिहरु बारम्बार हुने गरेकोले यस प्रकारको वेथितिलाई न्यूनीकरण नगरी उच्च शिक्षामा सुशासन तथा उत्कृष्ट व्यवस्थापनको वातावरण सुनिश्चित गर्नु चुनौति देखिएको  त्रिविका उपकुलपति प्राडा केशरजंग बरालले बताए । ‘विश्वविद्यालय सुधार गर्न पहिलो विश्वविद्यालयमा दलका भातृ संस्था सञ्चालन गर्न बन्द गर्नुपर्छ ।’ उनी भन्छन्, ‘विश्वविद्यालयलाई नेता उत्पादन गर्ने नर्सरी होइन प्राज्ञिक उत्पादन  गर्ने प्राज्ञिक थलो बन्न दिनुपर्छ ।’

pre school