SEE Result 2082

त्रि.वि.का शिक्षक/कर्मचारीहरुको वृत्ति विकासका लागि उच्च अध्ययनको लागि आवेदन आव्हानको सूचना

त्रि.वि. जनशक्ति विकास तथा कल्याण कार्यक्रम आ.व. २०७६ 100७ अन्तर्गत 

त्रिभुवन विश्वविद्यालय वृत्तिमा उच्च अध्ययनको लागि

आवेदन आव्हानको सूचना 

त्रि.वि.का शिक्षक/कर्मचारीहरुको वृत्ति विकासका लागि जनशक्ति विकास तथा कल्याण कार्यक्रम आ.ब. २०७६/०७७ अन्तर्गत शिक्षकहरुका लागि विद्यावारिधि/एम.फिल. तह र कर्मचारीहरुका लागि स्नातकोत्तर तथा स्नातकतह अध्ययनका निमित्त त्रि.वि.मा उपत्यका भित्र स्थायी सेवा ३ वर्ष पुगेका तथा उपत्यका बाहिर २ वर्ष पुगेका र ५० वर्ष उमेर ननाघेका तोकिएको आन्तरिक विषयमा र खुल्ला तर्फ आवेदन दिन इच्छुक योग्य शिक्षक/कर्मचारी तथा त्रि.वि. बाट सम्बन्धन प्राप्त क्याम्पस/कार्यालयमा कार्यरत शिक्षकहरुले यो सूचना गोरखापत्रमा प्रकाशित भएको मितिले ३५ दिन भित्र त्रि.वि. जनशक्ति विकास तथा कल्याण कार्यपद्धति २०७५ को अनुसूची १ अनुसार फाराम भरी सम्बन्धित निकाय प्रमुखबाट प्रमाणित गराई त्रि.वि. शिक्षाध्यक्षको कार्यालय, समन्वय महाशाखा, कीर्तिपुरमा आइपुग्ने गरी रीतपूर्वकको दरखास्त आह्वान गरी यो सूचना प्रकाशित गरिएको छ। साथै कार्य पद्धतिमा तोकिए बमोजिमको आवेदन फाराम तथा अन्य विस्तृत व्यहोरा त्रि.वि.को वेब साइट http://www.tribhuvan-university.edu.np./ बाट जानकारी प्राप्त गरी डाउनलोड समेत गर्न सकिने व्यहोरा सूचित गरिन्छ।

त्रि.वि. शिक्षाध्यक्षको कार्यालय,

समन्वय महाशाखा, कीर्तिपुर, काठमाडौं, 

फोन नं. ४३३१०४४

Bachelors Portal