कक्षा ११ को परीक्षार्थीहरूको परीक्षा आवेदन फाराम Online Entry गर्ने सम्बन्धी सूचना

नेपाल सरकार, राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुर, 

कक्षा ११ को नियमित परीक्षार्थीहरूको परीक्षा आवेदन फाराम Online Entry गर्ने सम्बन्धी सूचना !

राष्ट्रिय परीक्षा बोर्डद्वारा २०७७ साल वैशाख महिनामा सञ्चालन हुने कक्षा ११ को वार्षिक परीक्षामा नियमित परीक्षार्थीको रूपमा सहभागी हुने परीक्षार्थीहरुको परीक्षा आवेदन फाराम २०७६ माघ २७ गतेभित्र Online मार्फत इन्ट्री गर्ने व्यवस्था मिलाइएको हुँदा सम्पूर्ण विद्यार्थी/विद्यालय तथा सरोकारवालाहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। साथै Online इन्ट्री सम्बन्धी मार्गदर्शन तथा Video बोर्डको Website: www.neb.gov.np मा राखिएको हुँदा तहाँबाट विस्तृत जानकारी प्राप्त गर्नुहुन समेत अनुरोध छ।

पुनश्च:

बोर्डका प्रदेश परीक्षा व्यवस्थापन कार्यालय एवं शाखा कार्यालयहरूले समेत यसै सूचनालाई आधार मानी सोही। बमोजिम गर्नु गराउनुहुन जानकारी गराइन्छ।

- परीक्षा नियन्त्रक

Tag:परीक्षा आवेदन फाराम
Bachelors Portal