SEE Result 2082

डिप्लोमा तथा प्रमाणपत्र तहको वर्गीकृत (निःशुल्क) छात्रवृत्ति छनोटका लागि आवेदन फाराम भर्ने सम्बन्धी सूचना !

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् परीक्षा नियन्त्रण कार्यालय,सानोठिमी, भक्तपुरको शैक्षिक सत्र २०७७/०७८ मा डिप्लोमा तथा प्रमाणपत्र तहको वर्गीकृत (निःशुल्क) छात्रवृत्ति छनोटका लागि आवेदन फाराम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना !

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद प.नि.का.बाट सञ्चालन गरिने डिप्लोमा तथा प्रमाणपत्र तहका तपसिल बमोजिमका शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र २०७७/०७८ मा "डिप्लोमा तथा प्रमाण-पत्र तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण एवं भर्ना सम्बन्धी निर्देशिका २०७४ (तेश्रो संशोधन)" बमोजिम परिषदबाट सञ्चालन सम्बन्धन स्वीकृति प्राप्त आगिक, साझेदारी, टेक्स तथा निजी शिक्षण संस्थाहरूमा निर्धारण गरिएका वर्गीकृत (निःशुल्क) छात्रवृत्ति कोटामा भर्नाका लागि तपसिल बमोजिम योग्यता पुगेका नेपाली नागरिकहरूबाट २०७७ आश्विन १९ गतेभित्र रीतपूर्वक आवेदन फाराम माग गरिएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

तपसिल

१. वगीकृत (निःशुल्का छात्रवृत्ति सम्बन्धी जानकारीः परिषदका आगिक, साझेदार, सामुदायिक तथा निजी स्तरमा सञ्चालित शिक्षण संस्थाहरूमा डिप्लोमा तथा प्रमाणपत्र तहमा भर्ना हुने विद्यार्थीहरूको सङ्ख्या जतिसुकै भए तापनि प्रत्येक शैक्षिक कार्यक्रममा नेपाली नागरिकलाई देहाय बमोजिम कोटा सङ्ख्यामा छात्रवृत्ति प्रदान गरिनेछ ।

Bachelors Portal