SEE Result 2082

औद्योगिक प्रशिक्षार्थी (Apprenticeship) तालीम कार्यक्रमहरूको रिक्त कोटामा भर्ना गर्ने सम्बन्धी सूचना

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् 

परीक्षा नियन्त्रण कार्यालय

सानोठिमी, भक्तपुर 

औद्योगिक प्रशिक्षार्थी (Apprenticeship) तालीम कार्यक्रमहरूको रिक्त कोटामा प्रवेश परीक्षाबाट उत्तीर्ण सूचीमा रहेका उम्मेदवारहरूलाई भर्ना गर्ने सम्बन्धी

अत्यन्त जरुरी सूचना

(सूचना प्रकाशित मिति : २०७६।०७।०४) 

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषदबाट सञ्चालित दिगो तथा सम्मानित रोजगारीका लागि सीप (ENSSURE) परियोजनाबाट चालु शैक्षिक सत्र २०७६/०७७ मा निःशुल्क सञ्चालन गरिने प्राविधिक एस.एल.सी. तहको २४ महिना अवधिको औद्योगिक प्रशिक्षार्थी (Apprenticeship) तालीम कार्यक्रममा मिति २०७६/०६/०८ गते प्रकाशित नतिजाअनुसार तपसिलबमोजिमका शिक्षण संस्थाहरूमा देहायका शैक्षिक कार्यक्रम तथा कोटामा मिति २०७६/०६/२८ सम्म मुख्य उम्मेदवारहरू भर्ना गर्ने म्याद तोकिएकोमा भर्ना नभई कोटा रिक्त रहेकोले रिक्त रहन गएका कोटाहरूमा सम्बन्धित शिक्षण संस्थाहरूको उत्तीर्ण सूचीमा रहेकाहरूबाट र उत्तीर्ण सूची नभएका शिक्षण संस्थाहरूको हकमा समान कार्यक्रमको उत्तीर्ण सूची र सो समेत नभएको खण्डमा अन्य कार्यक्रमहरूको उत्तीर्ण सूचीबाट निवेदन लिई योग्यताक्रमको आधारमा २०७६।०७।१५ गतेसम्ममा भर्ना गर्न गराउन हुन सम्बन्धित शिक्षण संस्था एवं सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

तपसिल:

औद्योगिक प्रशिक्षार्थी (Apprenticeship) तालीम सञ्चालन गर्ने शिक्षण संस्थाहरूको नाम, ठेगाना, कार्यक्रमहरू तथा कोटा विवरण:



Bachelors Portal