SEE Result 2082

परीक्षा कार्यक्रम स्थगित गरिएको सूचना: लोक सेवा आयोग

लोक सेवा आयोग 

परीक्षा कार्यक्रम स्थगित गरिएको सूचना

हाल विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको कारण आयोगबाट सञ्चालन हुने परीक्षामा सम्मिलित हुने उम्मेदवारहरूमा श्रृजना भएको भय एवम् आयोगका कर्मचारीहरू समेत कोरोना भाइरसबाट संक्रमित भई परीक्षासँग सम्बन्धित मुख्य शाखाहरू समेत बन्द गर्नु परेको र कर्मचारीहरू आइसोलेसनमा रहेको कारण परीक्षा व्यवस्थापनमा जनशक्ति खटाउन एवम् परीक्षा व्यवस्थापन गर्न समस्या उत्पन्न भई तत्काल परीक्षा सञ्चालन गर्न कठिनाई भएकोले आयोगको पूर्व निर्णय बमोजिम तोकिएका निजामती सेवा, सुरक्षा निकाय र संगठित संस्था तर्फका मिति २०७७ साल कार्तिक १६ गते देखि सञ्चालन हुने सम्पूर्ण लिखित परीक्षा कार्यक्रम आयोगको मिति २०७७०७।०३ को निर्णयानुसार अर्को सूचना प्रकाशन नभएसम्म हाललाई स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।

Bachelors Portal