SEE Result 2082

कोभिड १९ महामारीका कारण कक्षा १२ को परीक्षा दिन छुट भएका परीक्षार्थीहरुको परीक्षाको समय तालिका सम्बन्धी सूचना

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरद्वारा २०७७ साल मंसिर ९ गतेदेखि १६ गतेसम्म सञ्चालन भएको कक्षा १२ को वार्षिक परीक्षामा कोभिड-१९ को महामारीका कारण सम्पूर्ण वा केही विषयको परीक्षामा सहभागी हुन नसकी परीक्षा दिनका लागि बोर्डमा निवेदन पेश गरेका विद्यार्थीहरूको परीक्षा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र सामाजिक दुरीको पालना गरी २०७७ पुस १६ गतेदेखि सम्बन्धित विद्यालयमै सञ्चालन गर्ने गरी परीक्षाको समय तालिका प्रकाशन गरिएको छ। परीक्षाको समय तालिका सम्बन्धी विस्तृत विवरण बोर्डको http://www.neb.gov.np/ मा राखिएको हुँदा सम्बन्धित समैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। साथै बोर्डका प्रदेश परीक्षा व्यवस्थापन कार्यालय एवं शाखा कार्यालयहरूले समेत आ-आफ्नो मातहतमा रहेका विद्यालयहरूलाई सोही अनुसार जानकारी गराउनुहुन अनुरोध गरिन्छ।

Tag:परीक्षा तालिका
Bachelors Portal