SEE Result 2082

चिकित्सा शास्त्र अध्ययन संस्थानको स्नातक तहको परीक्षा स्थगन

त्रिभवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान, डीनको कार्यालय

परीक्षा नियन्त्रण महाशाखा, महाराजगंज

स्नातक तहको परीक्षा स्थगन गरिएको सम्वन्धी अत्यन्त जरुरी सूचना

मिति २०७७ भाद्र ८ गतेदखि संचालन हुने भनिएको स्नातक तहका परीक्षा कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम कायम रहेको, कतिपय जिल्लामा निषेधाज्ञा जारी गरीएको र प्राकृतिक प्रकोपको कारणले स्थलमार्ग सुचारु नभएको कारणले गर्दा पूर्व प्रकाशित परीक्षा कार्य तालिका अर्को सूचना प्रकाशित नभएसम्मको लागि स्थगित गरिएको सम्वन्धित सवैको जानकारीको लागि सूचित गरिन्छ । साथै, स्थगित गरिएको परीक्षा कार्य तालिका उपरोक्त अवस्थामा सुधार आउनासाथ प्रकाशन गरिने हुंदा परीक्षा तयारी मै रहन पनि सूचित गरिन्छ ।

परीक्षा नियन्त्रण महाशाखा २०७७/०४/१९

Bachelors Portal