SEE Result 2082

स्नातकोत्तर (M.Ed) तह तेस्रो सेमेष्टरको परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी सचना : त्रिभुवन विश्वविद्यालय

त्रिभुवन विश्वविद्यालय

शिक्षाशास्त्र संकाय परीक्षा नियन्त्रण महाशाखा

बल्खु, काठमाडौं, नेपाल 

स्नातकोत्तर तह तेस्रो सेमेष्टरको परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी सचना 

यस संकायअन्तर्गत खुल्ला तथा दूर सिकाई एवम् सेमेष्टर प्रणालीमा आधारित स्नातकोत्तर तहको तेस्रो सेमेष्टर (नियमित तथा आंशिक) को परीक्षामा सम्मिलित हुन चाहने विद्यार्थीहरूले यही २०७६ साल असोज २९ गतेसम्म आ-आफ्नो क्याम्पसमा सम्पर्क गरी परीक्षा आवेदन फाराम भरी बझाउन हन सम्बन्धित सबैलाई सूचित गरिन्छ । निर्धारित समयमा परीक्षा आवेदन फाराम नबुझाउने विद्यार्थीहरूले दोब्बर दस्तुर बुझाई २०७६ साल कार्तिक ४ गतेसम्म परीक्षा आवेदन फाराम बुझाउन सक्नेछन् । सबै क्याम्पसहरूले आवेदन फारामबापत संकलित शुल्क एकल दस्तुरको हकमा २०७६ साल असोज ३० गतेसम्म र दोव्वर दस्तुरको हकमा २०७६ साल कार्तिक ५ गतेसम्ममा यस संकायको बैंक खातामा जम्मा गरी सक्कल भौचर सहित यस परीक्षा नियन्त्रण महाशाखामा २०७६ साल कार्तिक ७ गतेसम्ममा आइपुग्ने गरी परीक्षा आवेदन फाराम पठाइ दिनु हुन यो सूचना प्रकाशित गरिएको छ। परीक्षा शुल्क स्नातकोत्तर तह (नियमित र आंशिक) को लागि रु.१५००/- र खुल्ला तथा दूर सिकाई र आई.सि.टी.ई को लागि रु.२५००/- लाग्नेछ । 

नोट: 

१. कुनै विद्यार्थी अध्ययनरत क्याम्पसबाट अन्य क्याम्पसमा स्थानान्तरण भएको अवस्थामा स्थानान्तरण भएको पत्रको प्रतिलिपि परीक्षा आवेदन फारामसाथ संलग्न गर्नपर्नेछ। 

२. आन्तरिक मूल्याङ्कनको प्राप्ताङ्क विषय कोडको क्रमसङ्ख्याअनुसार परीक्षा आवेदन फाराममा सम्बन्धित क्याम्पसले नै भरी पठाउनु पर्नेछ। 

३. परीक्षा फाराममा परीक्षार्थीहरूको परीक्षा रोल नं. अनिवार्य रूपमा उल्लेख गरेको हुनुपर्नेछ र सोही बमोजिम क्याम्पसले क्रम मिलाई फाराम पठाउनुपर्नेछ। 

४. म्याद नाघि वा रीत नपुगी आएका फारामहरू उपर कुनै कारवाही हुनेछैन । 

५. परीक्षा सञ्चालन तालिका पछि प्रकाशन गरिनेछ। 

६. परीक्षा फाराम यस कार्यालयको वेबसाइट: www.tufoe.edu.np बाट समेत प्राप्त गर्न सकिनेछ।

सहायक डीन

 

Tag:परीक्षा आवेदन फाराम
Bachelors Portal