SEE Result 2082

राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी, भक्तपुरको परीक्षा शुल्कसम्बन्धी सूचना

कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ मा व्यवस्था भएअनुसार कक्षा ११ को वार्षिक परीक्षा सञ्चालन विद्यालयले नै गर्ने भएकोले २०७७ सालको कक्षा ११ को वार्षिक परीक्षामा सहभागी हुनका लागि परीक्षा शुल्क बोर्डमा बुझाइसकेका विद्यार्थीहरूको सम्बन्धमा विद्यार्थीहरूले सम्बन्धित विद्यालयमार्फत बोर्डमा बुझाएको परीक्षा शुल्क रु.६००।- मध्ये परीक्षा सञ्चालन तयारीका क्रममा भएको खर्च वापत रु.२००।- कट्टा गरी बाँकी रु. ४००।- नियमित परीक्षार्थीका हकमा आगामी वर्ष सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षा शुल्कमा समायोजन गर्ने र आंशिक / ग्रेड वृद्धि परीक्षार्थीहरूका हकमा बोर्डले सञ्चालन गर्ने वार्षिक परीक्षामा सहभागी हुने भएमा सोही परीक्षा शुल्कमा समायोजन गर्ने, परीक्षामा सहभागी हुन नपर्ने विद्यार्थीहरूका हकमा कक्षा १२ को प्रमाण-पत्रको शुल्कमा समायोजन गर्ने निर्णय भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

पुनश्च : बोर्डका प्रदेश परीक्षा व्यवस्थापन शाखा कार्यालयहरूले यसै सूचनालाई आधार मानी आ-आफ्नो क्षेत्र भित्रका विद्यालय, शिक्षक, अभिभावक एवं विद्यार्थीहरूलाई जानकारी गराउनुहुन सूचित गरिन्छ ।

- परीक्षा नियन्त्रक

Bachelors Portal