SEE Result 2082

शुल्क समायोजन तथा शैक्षिक कार्यक्रम नियमित गर्ने सूचना : चिकित्सा शास्त्र अध्ययन संस्थान

चिकित्सा शास्त्र अध्ययन संस्थान, डीनको कार्यालय

महाराजगंज, काठमाण्डौ 

शुल्क समायोजन तथा शैक्षिक कार्यक्रम नियमित गर्ने,  अत्यन्त जरुरी सूचना

मितिः २०७६।०८।१३ गते शुक्रबार उपरोक्त सम्बन्धमा मिति २०७६ मंसिर १० गते माननिय शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीज्यूको अध्यक्षतामा नेपाल सरकार मन्त्री परिषद्बाट निर्धारित शुल्क कार्यान्वयनका सम्बन्धमा चिकित्सा शिक्षा आयोग, सम्बन्धित विश्वविद्यालय र सम्बन्धन प्राप्त कलेजका प्रतिनिधिहरुको उपस्थीतिमा भएको बैठकले गरेको शुल्क समायोजन तथा शैक्षिक कार्यक्रम नियमित गर्ने २ बुंदे निर्णयलाई अक्षरशः कार्यान्वयन गरि पठन पाठन तथा परीक्षाका कार्यक्रमहरु सहज रुपमा संञ्चालन गर्ने व्यवस्था गर्नुहुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ । साथै आगामी मंसिर १८ गतेबाट शुरु हुने परीक्षाहरुको लागि विलम्ब शुल्क तिरेर फर्म भर्ने म्याद यही महिनाको १५ गते (२०७६।०८।१५) सम्म बढाइएको जानकारी गराईन्छ।

Bachelors Portal