SEE Result 2082

त्रिवि वातावरण केन्द्रीय विभागलाई १० थान कम्प्युटर उपहार

त्रिभुवन विश्‍वविद्यालय वातावरण केन्द्रीय विभागलाई अनलाइन कक्षा सञ्चालन तथा थप प्रभावकारी बनाउने उद्देश्यले एक संस्थाले विद्युतीय उपकरण प्रदान गरेको छ ।

सो विभाग अन्तर्गत सञ्चालित इनह्यान्सिङ ग्रिन इकोनमी इन थ्रि कन्ट्रीज इन एसिया (इजीइइ) परियोजनाले त्रिविमा अनलाइन कक्षा सञ्चालन र व्यवस्थापन गर्नका लागि अनलाइन कन्फे्रन्सिङ टुुल्स्, क्यामेरा र १० थान ल्याबटप हस्तान्तरण गरेको हो ।

विद्युतीय माध्यम (अनलाइन) कक्षा सञ्चालन तथा व्यवस्थापन अनुगमन उच्चस्तरीय समितिको सचिवालयका लागि समितिका संयोजक तथा त्रिविका शिक्षाध्यक्ष प्राडा शिवलाल भुसाललाई एक समारोहको बिच सो सामग्री हस्तान्तरण गरेको छ।

उक्त समारोहमा त्रिविका रजिष्‍ट्रार प्राडा. पेसल दाहाल, विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्राडा विनिल अर्याल, वातावरण केन्द्रीय विभागका प्रमुख प्राडा रेजिना मास्के ब्याँजू, खुला तथा दुर शिक्षा केन्द्रका निर्देशक डा गंगाराम गौतमलगायतको उपस्थिति सो सामग्री हस्तान्तरण गरिएको त्रिवि सूचनामहाशाखाले जानकारी दियो ।

+2 School
Counseling
Bachelors Portal