SEE Result 2082

तिलाठी कोइलाडीमा शतप्रतिशत विद्यालय भर्ना

राजविराज, २४ साउन (रासस) ः सप्तरी तिलाठी कोइलाडी गाउँपालिकालाई आज शतप्रतिशत विद्यालय भर्ना घोषणा गरिएको छ । 

तिलाठी कोइलाडी गाउँपालिकास्थित गजेन्द्र नारायण सिंह चोक (जिरीया हटिया)मा आयोजित कार्यक्रममा सो घोषणा गरिएको हो । 

पाँचदेखि १२ वर्ष उमेर समूहका विद्यालय बाहिर रहेका सबै बालबालिकालाई विद्यालयमा भर्ना गरी शतप्रतिशत विद्यालय भर्ना घोषणा गरिएको छ । 

सो अवसरमा सामाजिक विकासमन्त्री नवलकिशोर साहले विद्यालयलाई दिने खाजाभत्ता अब विद्यार्थीको आमाको नाममा बैंकमा खाता खोलेर दिनुपर्ने उल्लेख गर्दै विद्यार्थीको नाममा दिने खाजाभत्ता अभिभावकले खर्च गर्ने भएकाले आमाको नाममा भत्ता दिनुपर्ने बताउनुभयो । 

विद्यालयमा दिने खाजाभात्तामा समेत भ्रष्टाचार हुन थालेको गुणासो आइरहेको बताउँदै उहाँले आमाको नाममा खाता खोलेर खाजाभात्ता उपलब्ध गराउन सक्यौं भने भ्रष्टाचार कम हुने विश्वास व्यक्त गर्नुभयो । 

तिलाठी कोइलाडी गाउँपालिकामा पाँच देखि १२ वर्ष उमेर समूहका विद्यालय बाहिर रहेका पाँच हजार ९५१ बालबालिकालाई विद्यालयमा भर्ना गरिएको शिक्षा विकास समन्वय एकाइका अध्यक्ष शंकरराज लुइँटेलले जानकारी दिनुभयो । 

भर्ना भएका बालबालिकामध्ये निजी विद्यालयतर्फ दुई हजार २७३ र सामुदायिक विद्यालयतर्फ तीन हजार ६७८ रहेको उहाँले बताउनुभयो । 

कार्यक्रममा मन्त्री साहले तिल्लाठी कोइलाडी गाउँपालिकास्थित कोइलाडी चोकमा गजेन्द्र नारायण सिंहको शालिक निर्माणका लागि रु १० लाख दिने घोषणा गर्नुभयो । 

+2 School
Counseling
Bachelors Portal