SEE Result 2082

सिम्याटको परीक्षामा १११७३ जना उत्तीर्ण

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयले  लिएको स्नातक तहको प्रवेश परीक्षा (सिम्याट) –२०२२ मा ११ हजार १७३ जना विद्यार्थी उत्तीर्ण भएका छन् । 

व्यवस्थापनको बीबीए, बीबीएम, बीआईएम, बीपीए, बीएचएम, बीटीटीएम, बीबीए फाइन्यानस, बीएमएस कार्यक्रममा भर्नाका लालि लिएको प्रवेश परीक्षा ११ हजार ९९७ विद्यार्थीले आवेदन दिएकोमा  परीक्षामा ११ हजार १८५  जनाले मात्र परीक्षा दिएका थिए । उक्त परीक्षामा ८१२ जना अनुपस्थित ९ जना फेल  र ३ जनाको नतिजा पेन्डिङमा राखिएको सहायक डीन तथा प्रवेश परीक्षा समिति संयोजक दिनेशमणि घिमिरेले जानकारी दिए ।

आज प्रकाशित नतिजामा उत्तीर्ण विद्यार्थीलाई भर्नाका लागि सम्बन्धित क्याम्पसले तोकिएको आधारमा भर्नाका लागि आवश्यक प्रकृया अवलम्बन  गर्न डिन कार्यलयले निर्देश्न समेत दिएको छ ।

छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थीहरुको छनौटका लागि व्यवस्थापन संकाय, डीनको कार्यालय, त्रिविको वेबसाइटमा राखिएको फर्म भराई त्रिवि कार्यकारी परिषदद्वारा पारित छात्रवृत्ति सम्बन्धी निर्णय नं २६६६२ तथा व्यवस्थापन संकाय छात्रवृत्ति सम्बन्धी कार्यविधि ( २०७९ अनुसार तोकेको छात्रवृत्ति सम्बन्धी आधार समेतको पूर्ण पालना गरी छनोट सूची प्रकाशन गरी  भर्ना गर्नुपर्ने डिन कार्यालयले आज जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

उक्त छात्रवृत्तिमा छनौट भएका विद्यार्थीको सूची भर्ना समाप्त भएको मितिले १५ दिन भित्र डीनको कार्यालयमा पठाउन समेत डिन कार्यलयले कलेजलाई निर्देशन दिएको छ ।

करिब ९ हजार ७५३ सिट क्षमता भएको त्रिविको स्नातक कार्यक्रममा  कुल विद्यार्थीको १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिँदै आएको छ ।

नियमित भर्नाका लागि विद्यार्थी छनौट भई सूची प्रकाशन गर्दा तोकिएको सिट संख्याका आधारमा योग्यताक्रम अनुसारको भर्ना योग्य सूची प्रकाशन गर्नुपर्नेछ । यदि प्रथम सूचीमा दिइएको समय भित्र भर्ना हुन नआएमा अनिवार्य रुपमा दोस्रो, तेस्रो तथा आवश्यता अनुसारको योग्यता सूची प्रकाशन गरी सोही आधारमा  कलेजले भर्ना  लिने व्यवस्था त्रिविले गरेको छ ।

नतिजा यहाँबाट हेर्नुहोस्ः

Faculty of Management (tudoms.org)

+2 School
Counseling
Bachelors Portal