SEE Result 2082

शिक्षक सेवा आयोग नियमावलीको ११ औं संशोधन, शिक्षक छनोटमा नयाँ मानक

१० औं संशोधनले शिक्षक छनोटका लागि नयाँ प्रावधान गरेको छ । नियमावलीको १० औं संशोधनले खुला र बढुवाको परीक्षालाई एउटै कसीमा राखेर सामान्य र विषयगत परीक्षाको व्यवस्था गरेको हुँदा उक्त प्रावधानलाई संशोधन गरी फरकफरक प्रावधानमा परीक्षा सञ्चालन गर्न आयोगले प्रस्ताव पठाएको आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले जानकारी दिए ।

आजको क्याबिनेट बैठकले शिक्षक सेवा आयोग नियमावलीको ११ औ संशोधन गरेको छ । गत कार्तिक ८ गते मन्त्री परिषद्को बैठकले संशोधनका लागि क्याबिनेटको समितिमा पठाएको संशोधन प्रस्ताव आज क्याबिनेटले स्वीकृत गरेको हो ।

मन्त्री परिषद्ले शिक्षक सेवा आयोगको प्रस्ताव स्वीकृत गर्दै शिक्षा समिति पठाएको प्रस्ताव आज स्वीकृत गरे संगै आयोगको नियमावलीको ११ औं संशोधन भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले जानकारी दिए ।

११औं संशोधनले शिक्षक छनोटका लागि नयाँ प्रावधान गरेको छ । नियमावलीको १० औं संशोधनले खुला र बढुवाको परीक्षालाई एउटै कसीमा राखेर सामान्य र विषयगत परीक्षाको व्यवस्था गरेको हुँदा उक्त प्रावधानलाई संशोधन गरी फरकफरक प्रावधानमा परीक्षा सञ्चालन गर्न आयोगले प्रस्ताव पठाएको आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले जानकारी दिए ।

सूचना अधिकारी मरहठ्ठाका अनुसार नियम १८ मा आयोगमा लिइने परीक्षा र ३८ मा भएको प्रावधानलाई संशोधन गरी आन्तरिक प्रतियोगितामा विषयगत परीक्षाको प्रावधानलाई संशोधन गरी १०० पूर्णांकको लिखित, अन्तर्वार्ता र प्रयोगात्मक परीक्षा गरी जम्मा १२५ पूर्णांकको परीक्षाको व्यवस्था गर्ने गरी नियमावली संशोधन भएको हो ।

मन्त्री पौडेलका अनुसार मन्त्रिपरिषद्को बैठकबाट नियमावली संशोधनको प्रस्ताव थप परामर्शका लागि क्याबिनेट समितिमा पठाइएको थियो । नियमावली संशोधन संगै आयोगलाई शिक्षक छनोटका लागि अब सबै खाले बाटो फुकेको छ ।

आयोगले अब सामुदायिक विद्यालयमा १७ हजार ४७ जना शिक्षकको दरबन्दीमा नयाँ शिक्षक छनोटका लागि समेत अनुमति पाएको छ । आयोगले नियमावली संशोधन अगाडि नै माध्यमिक तहका लागि खुला तर्फको विज्ञापन गरिसकेको छ । 

+2 School
Counseling
Bachelors Portal