SEE Result 2082

१३औँ नेशनल प्याब्सन खेलकुद महोत्सव–२०७९ हुने

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (नेशनल प्याब्सन) कास्कीको आयोजनामा मङ्सिर २० गतेदेखि २३ गतेसम्म १३औँ नेशनल प्याब्सन खेलकुद महोत्सव–२०७९ हुने भएको छ ।

महोत्सवबारे जानकारी दिने उद्देश्यले आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा नेशनल प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले ‘एन प्याब्सन कास्कीको मान्यताः विद्यालय शिक्षामा खेलकुदको अपरिहार्यता’ भन्ने नारासाथ महोत्सव गर्न लागिएको बताए । पोखरा रङ्गशालामा गर्न लागिएको महोत्सवबाट एन प्याब्सन आबद्ध विद्यालयको शैक्षिक एवं सहक्रियाकलाप लगायत विविध क्षेत्रको उन्नति र प्रगतिमा टेवा पुग्ने विश्वास लिइएको उनले बताए ।

आधारभूत र माध्यमिक तहमा छात्र र छात्रा समूहमा विभिन्न विधामा खेल खेलाउन लागिएको उनले जानकारी दिए । एन प्याब्सन कास्कीमा ५० विद्यालय आबद्ध रहेका वरिष्ठ उपाध्यक्ष शिवदत्त तिवारीले बताए । महोत्सवमा सात हजार खेलाडी प्रतिस्पर्धामा सहभागी बन्ने र लगभग २५ हजार अभिभावकले अवलोकन गर्ने अनुमान गरिएको  जानकारी दिए ।

+2 School
Counseling
Bachelors Portal