SEE Result 2082

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि १८ जनाको आवेदन

 पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि  १८ जनाले आवेदन दिएका छन् ।

उपकुलपति नियुक्तिका लागि गठित सिफारिस समितिले १८ जनाको नामावली सार्वजनिक गरेको हो ।

आवेदन दिनेमा ज्ञतोय नारायण पौडेल, शुभ नारायण पाठक, अनिल कुमार पोख्रेल, जीवन कुमार ढकाल, अशोक कुमार झा , गुरू प्रसाद खनाल, प्रमोद कुमार झा, बिजु कुमार थपलिया, बिनोद पराजुली, देबी प्रसाद भट्टराई, राजनारायण यादव, नरेन्द्र कटुवाल, उमेश कोईराला, संजेश प्रसाद कोईराला, राज कुमार पोख्रेल,  रेशम बहादुर थापा, रमेश प्रसाद भट्टराई रमश राज दाहाल रहेका छन् ।

उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले १५ दिनको समय दिएर आवेदन मागे गरेको थियो । आवेदन दिने अन्तिम मिति हिजो सम्म थियो । 

आवेदन दिनेमा विश्वविद्यालयका सिनेट सदस्य, कार्यरत प्राध्यापक तथा डिनले आवेदन दिएका छन् । आवेदक भट्टराई सोही विश्वविद्यालयको इन्जिनियरिङ संकायका कार्यबहाक डिन हुन् ।  आवेदक पौडेल पूर्वाञ्चल विश्वविद्यालयका सिनेट सदस्य हुन् भने उनी  हिमालयन ह्वाइटहाउस इन्टरनेसनल कलेज प्रिन्सिपल बनेर काम गरिसकेका छन् । त्यसैगरी  आवेदक पाठक पूर्वाञ्चल विश्वविद्यालयको साइन्स एण्ड टेक्नोलोजीका पूर्व डिन हुन् ।  भने, थपलिया  र कोईराला व्यवस्थापन संकायका पूर्व डिन हुन् ।

सो विश्वविद्यालयको उपकुलपति छनोटको कार्यविधि अनुसार उम्मेदवारको आवेदन चाँचबुझ गरी अन्तर्वार्ता र प्रस्तुतीकरणका लागि अल्पसूची प्रकाशन गरिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । यसअघि त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति पदमा ४३ जनाले आवेदन दिएकामा १४ जना अल्पसूचीमा परेकामध्ये तीन जनाको नाम सिफारिस समितिले प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष पेस गरिसकेको छ । सिफारिस समितिको अध्यक्षता शिक्षामन्त्रीले गर्ने व्यवस्था छ ।

+2 School
Counseling
Bachelors Portal