SEE Result 2082

काठमाडौंका ४७३ संस्थागत विद्यालयका १८४२२ जना विद्यार्थीलाई छात्रवृत्ति पाए, बाँकी विद्यालयले तीन दिन भित्र विवरण बुझाउनु पर्ने (विद्यालयसहित)

काठमाडौं महानगरपालिकाका ४७३ संस्थागत विद्यालयले १० प्रतिशत छात्रवृत्ति प्रदान गरेको विवरण महानगरपालिका शिक्षा विभागले सार्वजनिक गरेको छ ।

महानगरपलिकाभित्र सञ्चालित संस्थागत विद्यालयले कक्षा १० सम्मका जम्मा विद्यार्थी संख्या १ लाख ४९ हजार ९५० को १० प्रतिशत १८ हजार ४२२ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको विवरण सार्वजनिक गरेको हो ।

अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५, शिक्षा नियमावली, २०५०, काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ तथा काठमाडौँ महानगरपालिका शिक्षा व्यवस्थापन नियमावली, २०७४ अनुसार काठमाडौँ महानगरपालिका भित्र सञ्चालित सबै संस्थागत विद्यालयले कम्तीमा १० प्रतिशत छात्रवृत्ति रीतपूर्वक वितरण गर्नुपर्ने व्यवस्था छ  ।

सो व्यवस्था कार्यान्वयन गराउन महानगरपालिकाले पटक पटक अनुरोध गर्दा पनि जेठ २३ गते सम्म ४७३ संस्थागत विद्यालयले छात्रवृत्ति विवरण पठएको महानगरपालिकाद्वारा जारी सूचनामा उल्लेख छ ।

छात्रवृत्ति विवरण पेस हुन बाँकी रहेका विद्यालयहरूले महानगरपालिका शिक्षा विभागमा तीन दिनभित्र माग भएको छात्रवृत्ति विवरण पेश गर्न निर्देशन दिएको छ ।

+2 School
Counseling
Bachelors Portal