SEE Result 2082

त्रिविमा फेरि २०८१ मा पनि २०८० कै प्रश्न,मानवीय त्रुटि डिन कार्यालय

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले पुनः परीक्षामा लापरबाही गरेको पाइएको छ ।

त्रिविको मानविकी तथा सामाजिक शास्त्र संकाय स्नातकोत्तर  तह पहिलो सेमेस्टरको  हिजो भएको संस्कृत काव्यशास्त्र विषयको प्रश्नपत्र  २०८० सालको नै सोधिएको  पाइएको हो ।

डिन कार्यालयले लिएको उक्त परीक्षामा मानवीय त्रुटि भएको परीक्षा शाखामा कार्यारत सहायक डिन डा. चिरञ्जिवी आचार्यले बताए । विभागले हार्डकपीसँगै सफ्टकपी पठाएको थियो । सफट्कपीमा भएको फाइलकपी गर्दा मानवीय त्रुटि भएको उनले बताए । ‘प्रश्नप्रत्र निमार्णकर्तामा विभागीय प्रमुख रहनु हुन्छ । विभागले पठाएको दुई सेट प्रश्नपत्रको फाइलबाट मोडरेटर गरेर प्रश्नपत्र छापिन्छ ।’ उनले भने, ‘छपाइका क्रममा मानवीय त्रुटि भएको हो, यो नियोजित होइन मानवीय त्रुटि हो ।’

नेपाली केन्द्रीय विभाग प्रमुख प्राडा।कृष्णप्रसाद न्यौपानेले भने डिन  कार्यालयको  लापरबाहीले गर्दा पुरानो पश्न सोधिएको दाबी गरे । ‘हामीले दुई सेट प्रश्न डिन कार्यालयमा पठाएका थियौं । हामीले पठाएको प्रश्न सेटमा मोडरेटरहरूको हस्ताक्षर सहित लाहछाप गरेर पठाएका थियौं ।’ उनले भने, ‘डिन कार्यालयले बद्मासी गरेर त्यस्तो भएको हो । हामीले दुई सेट प्रश्नपत्र बनाएर दिएका थियौं उनीहरुले प्रिन्ट गर्दा पुरानो गरेछन् ।’

त्रिविको उपकुलपति कार्यालयले भोलि बिहान यो विषयमा  कार्यकारी समितिको बैठक बसेर के गर्ने भन्ने निर्णय गर्ने जानकारी दियो ।

+2 School
Counseling
Bachelors Portal