SEE Result 2082

२०८० सालको एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०८० सालको एसइई पूरक परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ । परीक्षामा ५६ दशमलब ७८ प्रतिशत उत्तीर्ण भएका छन् ।

परीक्षामा दुई लाख १० हजार ३२१ जनाले आवेदन फाराम भरेकोमा एक लाख १९ हजार ४२५ जना उत्तीर्ण भएका छन् ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार करिब तीन हजार अनुस्थित छन् । अनुपस्थित र ननग्रेडेड (एनजी) प्राप्त गर्ने परीक्षार्थी ९० हजार ८८८ छन् ।

आठ जनाको उत्तरपुस्तिका रद्द गरिएको छ ।

जिपिए १.६ देखि २.० ल्याउने ६४ जना, जिपिए २.०१ देखि २.४ ल्याउने १९ हजार ४९६ जना, जिपिए २.४१ देखि २.८० ल्याउने ७४ हजार ४०६ जना, जिपिए २.८१ देखि ३.० ल्याउने २३ हजार ६२३ जना, जिपिए ३.१ देखि ३.६ ल्याउने एक हजार ५१८ जना र जिपिए ३.६१ देखि ४.० ल्याउने १८ जना छन् ।

परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जुन जुन विषयमा एनजी प्राप्त गरेका छन् आगामी वर्ष त्यही विषयको मात्र परीक्षा दिए पुग्ने जानकारी दिए । “एसइई पूरकमा चार विषयको परीक्षा दिँदा दुई विषयमा उत्तीर्ण भएका छन् भने उनीहरुले आगामी वर्ष अनुत्तीर्ण भएका विषयमा मात्र परीक्षा दिए पुग्छ” उनले भने ।

उनले अब यसबीचमा कुनै परीक्षा सञ्चालन नगरिने र आगामी चैतमा २०८१ सालको एसइई सञ्चालन गरिने स्पष्ट गरे ।

+2 School
Counseling
Bachelors Portal