SEE Result 2082

केयुको २७ औं दीक्षान्त समारोह (दोस्रो चरण) जेठ २० गते आयोजना हुने

काठमाडौं विश्वविद्यालय (केयु) ले आफ्नो २७ औं दीक्षान्त समारोह (दोस्रो चरण) २०७९ जेठ २० गते शुक्रबार बिहान ९ बजे काठमाडौं विश्वविद्यालय केन्द्रीय परिसर धुलिखेलमा आयोजना गर्ने भएको छ ।

सो समारोहमा आर्ट्स, एजुकेसन, इन्जिनियरिङ, म्यानेजमेन्ट, साइन्स र मेडिकल साइन्सेज विधाका जम्मा ११ जना पीएचडी उपाधि हासिल गरेका र ४३ जना एमफिल, १ हजार ६५८ जना  स्नातक र स्नातकोत्तर तहका वद्यार्थी दीक्षित गर्दै केयुले हुनेछन् । ती मध्ये आर्ट्सका ३२ जना, एजुकेसनका १०० जना, इन्जिनियरिङका ३५२ जना, म्यानेजमेन्टका १६ जना, मेडिकल साइन्सेजका ९९३ जना र साइन्सका २१९ जनालाई दीक्षित गर्दै केयुले २७ औं दीक्षान्त समारोह (दोस्रो चरण) आयोजना गर्ने भएको हो ।

दीक्षित हुने विद्यार्थीहरूमध्ये पुरुषको ६०.२८ प्रतिशत (१०३२ जना) र महिलाको ३९.७२ प्रतिशत (६८० जना) रहेको केयुले आज वितरण गरेको प्रेस वक्तव्यमा उल्लेख गरिएको छ ।

सो समारोहमा भारत, श्रीलङ्का, माल्दिभ्स, अमेरिका, अस्ट्रेलिया, चीन, बङ्गलादेश, नेदरल्यान्ड र जर्मनी गरी ९ देशका १५७ जना विद्यार्थीलाई दीक्षित गर्ने भएको छ ।

 कार्यक्रममा विएस्सी कम्प्युटेशनल म्याथका १५ जना, एबएसी इन फिजिक्सका ९ जना, एमएससी इन पब्लिक हेल्थमा ५ जनालाई दीक्षित गर्ने भएको छ ।

केयुले २७ औं दीक्षान्त समारोहसम्ममा ३८ हजार ३३६ जना उत्तीर्ण हुनेछन् । केयु सभाको ९२ औं बैठकले दीक्षित हुने विद्यार्थीको ग्रेस लिस्ट पारित गर्ने केयुद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

कोभिड — १९ को प्रकोप शान्त भइनसकेको हुँदा २७ औं दीक्षान्त समारोह विश्व स्वास्थ्य सङ्गठनले निर्देश गरेबमोजिम मास्क, स्यानिटाइजर र भौतिक दूरीका साथ आयोजना गरिने केयुले जानकारी दियो ।

कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षता, आईआईटी हैदराबादका निर्देशक प्राडा बीएस. मूर्तिको प्रमुख आतिथि र सहकुलपति एवम् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा सो दीक्षान्त समारोह आयोजना गर्ने भएको हो ।

 

+2 School
Counseling
Bachelors Portal