SEE Result 2082

त्रिवि उपकुलपतिका लागि ४३ जनाको आवेदन

त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति पदमा ४३ जनाले  आवेदन दिएका छन् ।  आज सम्म आवेदन दिने अन्तिम म्याद रहेको उपकुलपति पदका लागि ४३ जनाले आवेदन दिएका हुन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईको अध्यक्षतामा बनेको उपकुलपति सिफारिस समितिमा खुला प्रतिस्पर्धाका लागि आवेदन परेको हो ।

दिनेशमणि घिमिरेको फेसबुकबाट

समिति उच्च स्रोतका अनुसार परीक्षा बोर्डका पूर्व अध्यक्ष प्राडा चन्द्रमणि पौडेल, पूर्व डिन गुणनिधी न्यौपाने, सङ्गीता रायमाझी, कुसुम शाक्य, तीर्थ खनिया, नन्दबहादुर सिंह, खुला विश्वविद्यालयका पूर्व उपकुलपति लेखनाथ शर्मा, टंक धमला, महानन्द चालिसे, भोजराज अर्याल, प्रकाश घिमिरे, केदार घिमिरे, कृष्णराज तिवारीलगायतले आवेदन दिएका छन् । 

१.प्रा. डा शिवलाल भुसाल      २. गुणनिधि न्यौपाने

३. संगीता रायमाझी           ४. प्रा.डा कुशुम शाक्य

५. सञ्जय आचार्य             ६. प्रा.डा टंकनाथ धमला

७. प्राडा आनन्द बल्लभ जोशी          ८. प्रा.डा अक्कल देव मिश्र

९. प्राडा ऋदिश कुमार पोखरेल           १०. नारायण प्रसाद बेल्बासे

११. प्राडा चन्द्र मणि पौडेल             १२. प्रा. डा ज्ञानेन्द्रप्रसाद पौड्याल

१३. प्राडा लेखनाथ शर्मा              १४. डा. विनय कुमार झा

१५. डा. सुभ नारायण पाठक             १६. प्रा. डा महानन्द चालिसे

१७. सूर्यबहादुर थापा                      १८. प्रा.डा वेदनाथ शर्मा

१९. प्राडा नारायण प्रसाद बेल्बासे २०. प्रा.डा हेमराज पन्त

२१. डा. भोजराज अर्याल        २२. प्रा.डा नन्द बहादुर सिंह

२३. प्राडा प्रकाश घिमिरे          २४. भिमसेन देबकोटा

२५. प्राडा प्रकाश घिमिरे        २६. डा. रामचन्द्र बस्नेत

२७. प्रा.डा. एकराज ओझा     २८. प्राडा.तीर्थ राज खनिया

२९. प्राडा. केदार नाथ घिमिरे     ३०. प्राडा. महेन्द्र प्रसाद शर्मा

३१. प्राडा. विनोद पराजुली       ३२. प्राडा. देवबहादुर खड्का

३३. प्राडा. कृष्ण राज तिवारी   ३४. प्राडा.केशर जङ्ग बराल

३५. प्रा.डा. गोविन्द सुबेदी    ३६. प्रा.डा. राजकुमार पोखरेल

३७. प्रा. डा. नबराज देवकोटा   ३८. बालमुकुन्द रेग्मी

२९. प्रा.डा. राम प्रसाद रेग्मी   ४०. प्रा. डा. चित्र बहादुर बुढाथोकी

४१. प्रा.डा. इन्द्र बहादुर कार्की  ४२. प्राडा. त्रिरत्न बज्राचार्य

४३. प्राडा. प्रमोद कुमार झा

 आवेदन दिनेमा वर्तमान त्रिविका निमित्त उपकुलपति, कार्यबहाक डिन, अन्य विश्वविद्यालयमा कार्यरत उपकुलपति रहेका छन् । 

पूर्व उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाको कार्यकाल गत कार्तिक १६ सकिएपछि शिवलाल भुसाललाई प्रधानमन्त्री कार्यालयले उपकुलपतिको जिम्मेवारी दिएको थियो ।

उपकुलपति नियुक्तिका लागि पहिलो पटकको सूचना नै विवादास्पद भएपछि पुस २३ मा दोस्रो पटक सूचना प्रकाशन गरिएको थियो ।

पहिलो पटक पुस २० गते सार्वजनिक गरेको सूचनामा उल्ल्ेख गरिएको मापदण्ड नियोजित तरिकाले आफ्ना नेता नियुक्त गर्ने प्रक्रिया भएको सर्वत्र विरोध भएपछि प्रधानमन्त्रीले मापदण्ड परिवर्तन गर्न गराउन समितिलाई निर्देशन दिएका थिए । उक्त पहिलो विज्ञापनको सूचनाको ङ नम्बर बुँधा परिवर्तन गर्दै उपकुलपति सिफारिससम्बन्धी कार्यविधि, २०८० जारी गरी नयाँ विज्ञापन गरेको थियो ।

+2 School
Counseling
Bachelors Portal