SEE Result 2082

बौद्ध विश्वविद्यालयलाई छात्रवृत्तिका लागि ४० लाख दान

लुम्बिनी बौद्ध विश्वविद्यालयको छात्रवृत्ति कोष तथा अनुसन्धान कार्यमा सघाउने गरी चिनियाँ नागरिकले रु ४० लाख एक हजार दान प्रदान गरेका छन् ।

चिनियाँ भिक्षु तथा नागरिकले व्यक्तिगत रुपमा रकम जम्मागरी विश्वविद्यालयलाई दान स्वरुप रु ४० लाख एक हजार दान गरेका हुन् ।

लुम्बिनी बौद्ध विश्वविद्यालयमा आयोजित कार्यक्रमका बीच चिनियाँ भिक्षु स्याओसिंसहितको टोलीले निमित्त उपकुलपति एवं रजिष्ट्रार डा तिलकराम आचार्यलाई दान रकम हस्तान्तरण गरेका हुन् ।

विश्वविद्यालयका निमित्त उपकुलपति एवं रजिष्ट्रार डा आचार्यले बौद्ध दर्शनको अध्ययन अनुसन्धानका लागि विभिन्न संस्था तथा व्यक्तिहरूले दिएको दानले सहयोग पुग्ने भन्दै त्यसको उचित उपयोग गरिने बताए ।

विश्वविद्यालयले बौद्ध अध्ययन अनुसन्धानलाई मुख्य प्राथमिकतामा राखेर प्राज्ञिक गतिविधि गरिरहेको जानकारी गराउँदै सबैको सहयोग रहँदा यसको प्रवर्द्धनमा टेवा पुग्ने बताए । त्यस्तै चिनियाँ भिक्षु स्याओसिंले बौद्ध दर्शन अध्ययन तथा अनुसन्धानको कार्यका लागि आफूहरूले हस्तान्तरण गरेको दान निरन्तर गर्दै जाने बताए ।

चिनियाँ भिक्षुसहित १५ जना परिवारले सङ्कलन गरेको रकम दान स्वरुप हस्तान्तरण गरेका हुन् ।

+2 School
Counseling
Bachelors Portal