SEE Result 2082

४३ औं वार्षिकोत्सवको अवसरमा खेल सप्ताह सुरु

 लुम्बिनी वाणिज्य क्याम्पसको ४३ औं वार्षिकोत्सव समारोहको अवसरमा आइतबारबाट खेल सप्ताह सुरु भएको छ ।

क्याम्पस प्रमुख प्राडा. ताराप्रसाद उपाध्यायले विविएस चौथो वर्ष र विविएम तेश्रोसत्रविच भएको छात्र भलिबल प्रतियोगिताको उद्घाटन गदै खेल सप्ताहको शुभारम्भ गरेका छन् ।

 शुभारम्भ कार्यक्रममा प्राध्यापक, कर्मचारी तथा विद्यार्थीको उत्साहजनक सहभागिता रहेको थियो भने खेल सप्ताह फागुन ४ गतेसम्म सञ्चालन हुने छ । क्याम्पसले साताव्यापी कार्यक्रमको आयोजना गर्दै फाल्गुन ६ गते एक समारोहका बिच ४३ औं वार्षिकोत्सव मनाउदैछ ।

खेल सप्ताह अन्तर्गत भलिबल प्रतियोगिता, चेस प्रतियोगिता, बास्केटबल प्रतियोगिता, क्रिकेट प्रतियोगिता, एक मिनेट कार्यक्रम, वक्तृत्वकला प्रतियोगिता, रसि तान्ने प्रतियोगिता, दौड प्रतियोगिता, टेवल टेनिस, लगायतका प्रतियोगिताहरु सञ्चालन गरिने ४३ औं वार्षिकोत्सव समारोह मुल संयोजक सहप्राध्यापक विष्णु जोशीले जानकारी दिए ।

सोही अवसरमा रक्तदान कार्यक्रम, सांस्कृतिक कार्यक्रमका साथै क्याम्पसमा अध्ययन गरी २०७९ फाल्गुनदेखि २०८० माघ महिनासम्म सरकारी , गैरसरकारी तथा अन्य संघ संस्थामा रोजगारीको शिलशिलामा आवद्ध भएका वा आफ्नै उद्योग–व्यवसाय सञ्चालन गरी स्वउद्यमी भएकामध्ये उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको क्याम्पस प्रमुख उपाध्यायले जानकारी दिए ।

+2 School
Counseling
Bachelors Portal