SEE Result 2082

अझै ५ प्रतिशत पाठ्यपुस्तक छाप्न बाँकी

शैक्षिक सत्र सुरु भएको ४५ दिन बिति सक्यो । छपाइमा समस्या र प्रतिकुल मौसमका कारण अहिले पनि बालबालिकाले पाठ्यपुस्तक हात पार्न सकेका छैनन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको स्वामित्वमा रहेको जनक शिक्षा सामग्री केन्द्रले कक्षा ४ देखि १० सम्मका पाठ्यपुस्तक अझै छाप्न बाँकी नै छन् ।

दैनिक एक लाखका दरले पाठ्यपुस्तक छाप्दा पनि अझै पाँच प्रतिशत पाठ्यपुस्तक छाप्न नै बाँकी नै छन् । छापिएर विभिन्न बिक्रि केन्द्रमा पठाइएका पाठ्यपुस्तक पनि बिक्रेताले समयमा नै नलादाँ विद्यार्थीहरूको हातमा अझै पाठ्यपुस्तक पुग्न सकेका छैनन् । जनक शिक्षा सामग्री केन्द्रका सूचना अधिकारी चित्रकुमार आचार्यका अनुसार कक्षा ४ देखि १० सम्मका विद्यार्थीका लागि करिब एक करोड ९८ लाख थान पुस्तक आवश्यक हुने तथ्याङ्क शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनक शिक्षालाई दियो । सोही तथ्याङ्कलाई मध्यनजर राख्दै जनक शिक्षाले पाठ्य पुस्तक छाप्यो । दैनिक एक लाखका दरले पाठ्यपुस्तक छाप्दा पनि अझै पाँच प्रतिशत पाठ्यपुस्तक छाप्नै बाँकी छन् । ‘अब ९५ प्रतिशत पाठ्यपुस्तक छापिसकियो ।’उनले भने, ‘छाप्न बाँकी रहेका पाठ्यपुस्तक अब तीन चार दिनमा छापिएर सकिन्छ तर अहिले प्रतिकुल मौसम र व्यापारीले समयमा पाठ्यपुस्तक नलगिदिँदा विद्यार्थीको हातमा पाठ्यपुस्तक पुगेनन् ।’

जनक शिक्षाले डोल्पा, नेपालगञ्ज लगायतका जिल्लामा पठाएका पाठ्यपुस्तक बाढी पहिरोका कारण बाटोमा नै थुनिएर रहेको जनक शिक्षाले जानकारी दियो । जनक शिक्षालाई अहिले कक्षा ४–१० का अङ्ग्रेजी, नेपाली र सामाजिक विषयका पाठ्यपुस्तक पनि छपाइका लागि माग आएको छ । निजी विद्यालयले समेत यी तीनै विषय नेपालीमा नै पठनपाठन गराउने भएपछि माग बढेको सूचना अधिकारी आचार्यले बताए । ‘हामीले लक्ष्य गरेको भन्दा केही बढी पाठ्यपुस्तक छाप्नु पर्ने भएको छ त्यसैले माग अनुसार पाठ्यापुस्तक छाप्दा अब कम्तीमा पनि एक हप्ताभित्र पाठ्यपुस्तक छापेर सकिन्छ ।’ उनले भने, मौसमको प्रतिकूलता, स्थानीय तहको निर्वाचन लगायतका कारक तत्त्वका कारण पाठ्यपुस्तक छपाइमा ढिलाइ भयो अब केही दिनमा नै यो समस्या समाधान गर्छौं ।’

+2 School
Counseling
Bachelors Portal