SEE Result 2082

मंसिरमा मात्र ६८० शिक्षक पद रिक्त

मंसिर महिनामात्र ६८० शिक्षक पद रिक्त भएको छ । अनिवार्य अवकाश पाउने २६४, मृत्यु हुने १४ र उपदान लिने गरी अवकाश भएका ३४ गरी ६८० शिक्षक पद खाली भएको हो।

मंसिरमा पदावधि बाँकी छँदै राजीनामा दिने शिक्षकको संख्या धेरै देखिएको छ । मंसिर महिनामा ३६८ जना शिक्षकले राजीनामा दिएका छन् ।

राष्ट्रिय किताबखाना (शिक्षक) का महानिर्देशक रामराज खकुरेलका अनुसार मंसिरमा मात्रै ३६८ जनाले शिक्षकले पदावधि बाँकी छँदै निवृत्तिभरण पत्र लिएका छन् ।चालु आर्थिक वर्षमा अनिवार्य अवकाश लिनेको संख्या करीब २७ सय रहेकामा साउनदेखि मंसिरसम्मको पाँच महिनाको अवधिमा मात्रै २ हजार ६० जनाले निवृत्तिभरण पत्र बुझिसकेका छन् ।

समयावधि बाँकी हुँदै निवृत्तिभरण पत्र लिनेको चाप बढेपछि विश्लेषणको लागि तथ्यांक निकालेको महानिर्देशक खकुरेलले जानकारी दिए ।

विभिन्न पार्टीको कार्यसमितिमा रहेका, दरबन्दी मिलान हुँदा अर्को स्थानीय तह वा जिल्लामा खटाइएका, जागिर छोड्दा स्थानीय तहको आकर्षक प्रोत्साहन भत्ता पाउने र आउने निर्वाचनमा भाग लिन चाहने शिक्षकहरुले निवृत्तिभरण पत्र लिएको राष्ट्रिय किताबखाना (शिक्षक) कार्यलयले निष्कर्ष निकालेको छ ।

+2 School
Counseling
Bachelors Portal