SEE Result 2082

७७ एकाइमा विद्यालय कर्मचारीको धर्ना

सरकारले आगामी वर्षको बजेटमा आफ्नो मुद्दा सम्बोधन नगरेपछि देशैभरका शिक्षा विकास तथा समन्वय एकाइमा विद्यालय कर्मचारीले धर्ना दिएका छन् ।

विद्यालय कर्मचारी परिषद्को आव्हानमा आज देशैभरमा कार्यरत सामुदायिक विद्यालयका कर्मचरीले धर्ना दिएका हुन् ।परिषद्को पूर्व घोषित कार्यक्रम अनुसार अहिले ७७ जिलाकै शिक्षा विकास तथा समन्वय एकाइमा कर्मचरीले धर्ना दिइरहेका परिषद्का महासचिव शान्तिनाथ योगीले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिरहेका छन् । 

त्यस्तै यो आन्दोलनलाई सामुदायिक विदालय कर्मचारी संघले पनि ऐक्वद्धता जनाउँदै सम्पूर्ण विद्यालय कर्मचारीलाई जिल्ला केन्द्रित तथा राजधानी केन्द्रित आन्दोलनमा सहभागी हुन निर्देशन दिएको छ ।

संघले सरकारको नीति तथा कार्यक्रमको बुँदा नम्बर १२७ हराएको भन्दै उक्त आन्दोलनमा ऐक्वद्धता जनाएको हो ।

 

+2 School
Counseling
Bachelors Portal