SEE Result 2082

महानगरका ८ विद्यालय पुरस्कृत

काठमाडौं महानगरपालिकाले २८औं महानगर दिवसको अवसरमा उत्कृष्ट ८ विद्यालयसहित शिक्षकलाई पुरस्कृत तथा सम्मान गरेको छ ।

एसईई तथा कक्षा १२ को नतिजामाउत्कृष्ट नतिजा ल्याउने प्राविधिक तथा साधारण धारका विद्यालयलाई सम्मान गरेको हो । साथै महानगरले पहिलो पटक संस्थागत विद्यालयहरुलाई पनि पुरस्कृत गर्न थालेको छ ।

एसईईको नतिजाको आधारमा उत्कृष्ट श्रम राष्ट्रिय माध्यामिक विद्यालय कुमारीगाल, कक्षा १२ को नतिजाको आधारमा उत्कृष्ट ज्ञानोदय मावि बाफल, संस्थागत तर्फको एसईईको एलिक्सर एकेडेमी खरीबोट, कक्षा १२ को नतिजाको आधारमा सेन्ट जेभियर्स थापाथलीलगायत ८ विद्यालयलाई पुरस्कृत गरेको छ ।

उत्कृष्ट विद्यालयलाई  एक लाख नगद सहित राष्ट्रिय झन्डा पुरस्कृत गरिएको महानगर शिक्षा विभागले जानकारी दियो ।

यस्तै प्राविधिक विषयतर्फ उत्कृष्ट नतिजा ल्याएका विद्यालय, शैक्षिक प्रशासन र व्यवस्थापनमा उत्कृट विद्यालय, मावि तथा आवि तहका उत्कृष्ट शिक्षक, उत्कृष्ट  प्रधानाध्यापक , सीएलसी, बालकक्षाका सबै तहबाट छनोट गरेर पुरस्कृत गरेको छ ।

+2 School
Counseling
Bachelors Portal