SEE Result 2082

मावि शिक्षकका लागि आवेदन दिने पद माग संख्याभन्दा ९९ प्रतिशत बढी

शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणीका शिक्षक छनोटका लागि गत पुस ८ गते माग गरेको विज्ञापनमा  ४३ हजार ८८८ जनाले आवेदन दिएका छन् ।

कुल  ४४२ (संशोधन सहित) रिक्त दरबन्दीका लागि आव्हान गरेको खुला प्रतियोगितात्मक परीक्षामा सहभागी हुनका लागि माग गरिएको दरबन्दी संख्या भन्दा ९९.२९ प्रतिशत बढीले आवेदन दिएका हुन् ।

आयोगका सूचना अधिकारी कृष्ण प्रसाद ढुंगानाका अनुसार आज विहान ११ बजेसम्ममा परीक्षामा सहभागी हुनका लागि ४२ हजार ६४३ जना उम्मेद्वारले राजस्व तिरिसकेका छन् । आयोगले आव्हान गरेको विज्ञापनमा आवेदन दिएर राजस्व समयमा नबुझाउने उम्मेद्वार परीक्षामा सहभागी हुन पाउँदैन ।

नियमित दस्तुरमा आवेदन दिन समय आज र भोलि बाँकी रहदा रिक्त पद भन्दा ७३ गुणा भन्दा बढीले आवेदन दिएका हुन् ।आयोगले नियमित दस्तुरमा माघ ८ गते सम्म र दोब्बर दस्तुर लिएर गत माघ १५ गते सम्म आवेदन लिएको थियो ।

आयोगले गण्डकी प्रदेशमा विभिन्न विषयका लागि ६ पद थप गरेको छ । नेपाली विषयका लागि १, अङ्ग्रेजीका लागि १, गणितका लागि १, विज्ञानका लागि १, सामाजिक लागि १, कार्यालय सञ्चालन तथा लेखाका लागि १ पद थप गरेको छ र आयोगले साविकका पदमा थप र बाँकी अन्य प्रदेश र विषयहरुको हकमा यथावत गरेको छ ।

आयोगले गरेको विज्ञापन अनुसार नेपाली विषयका लागि ६७, अंग्रेजीका लागि ७९, गणितका लागि ८५, विज्ञानका लागि १२४, सामाजिकका लागि ५३, अर्थशास्त्रका लागि ७, कार्यालय सञ्चालन तथा लेखा १५, संस्कृत व्याकरणका लागि ३, कम्प्युटर विज्ञानका लागि ३ गरी जम्मा ४३६ रिक्त पदका लागि विज्ञापन गरेको थियो ।

आयोगले जारी गरेको आजको विज्ञापनको सामान्य परीक्षा चैत्र ३ गते दिउसो १ बजे सञ्चालन गर्ने छ ।

+2 School
Counseling
Bachelors Portal