SEE Result 2082

कोभिड १९ भेरियन्ट शिक्षा कार्यक्रम भाग २ सम्पन्न

शिक्षक समन्यवकर्ता समूह नेपालले आज कोभिड १९ भेरियन्ट शिक्षा कार्यक्रम भाग २ सम्पन्न गरेको छ । सो कार्यक्रमका अधिाकंश वक्ताले कोभिड बाट कसरी बच्ने भन्ने विषयमा आफ्नो धारणा राखेका थिए ।

उक्त कार्यक्रममा अधिकांश वक्ताले भौतिक दुरी कायम गरी र मास्क लगाउनु नै यसको क्षति कम गर्ने उत्तम उपाय भएको जोड दिएका थिए । कम्तीमा ३ हप्ता रोग सर्ने चेन ब्रेक गर्नुपर्ने, कार्यक्रममा कोभिड सम्बन्धी जन चेतना जगाउने कार्यक्रमको ठुलो प्रभाव हुने कुरामा जोड दिएका थिए ।

सो कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्री गगन कुमार थापा, काग्रेस नेता प्रदिप पौडयाल सामाजिक अभियान्ता पूर्व सचिव भिम उपाध्याय कर्णाली अस्पतालबाट स्वास्थ्य कर्मी बविता विसी पन्त, डा प्रकास ज्ञावाली, डा ज्योती भट्टराई भेरी अस्पताल कोभिड फोकल पर्शन डा सकेत रिजाल पोखरा का डा अर्जुन आचार्यले कोभिड बाट कसरी बच्ने भन्ने विषयमा आफ्नो धारणा राखेका थिए ।

कोभिड विरामी को अनुभव र यस संग सम्वन्धित जिज्ञासा सम्बन्धमा अन्तरक्रिया कार्यक्रम समेत भएको थियो डा. हरि कडेलको सभापतित्व आयोजना गरिएको सो कार्यक्रममा कार्यक्रम रमेश भट्टराई र वद्री कार्की ले संञ्चालन गरेका थिए ।

+2 School
Counseling
Bachelors Portal