SEE Result 2082

प्रधानमन्त्री ओलीद्वारा दमक क्याम्पसको भवन शिलान्यास

प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक क्याम्पसको नयाँ भवनको शिलान्यास गरेका छन् । क्याम्पसको संयोजनमा आज भर्चुअल माध्यमबाट प्रधानमन्त्री ओलीले भवनको शिलान्यास गरेका हुन् ।

आज शिलान्यास गरिएका व्यावसायिक प्रयोजनसहितका चारवटा ब्लक रहनेछन् । हरेक भवन अन्डरग्राउन्ड पार्किङसहित पाँच तलाका हुनेछन् । त्यसमा एकतला सटर र एउटा भवनमा छवटा कक्षा कोठा निर्माण गरिने भएको छ । चौतीस कक्षा कोठा र १८ सटरसहितका भवन बन्ने सञ्चालक देउकुमार नेम्बाङले जानकारी दिए ।

नगरपालिका मार्फत रु. आठ करोड ९४ लाखको लागतमा नयाँ भवन निर्माण गर्न लागिएको हो । निर्माण सम्झौता १० महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने नेम्बाङले जानकारी दिए ।

भर्चुअल कार्यक्रममा प्रधानमन्त्री ओलीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीले पूर्वकै गहनाका रुपमा शैक्षिक प्रतिष्ठानका रुपमा विकास गर्न उक्त क्याम्पसलाई भौतिक पूर्वाधार बनाउनका लागि चालु आर्थिक वर्षमा उल्लेख्य बजेट विनियोजन गरिएको जानकारी दिए ।

+2 School
Counseling
Bachelors Portal