SEE Result 2082

फागुनमा शैक्षिक सत्र सुरु हुने जिल्लामा अझै पाठ्यपुस्तक पुगेन

कोरोना महामारीको संक्रमण तीव्र भएपछि जारी गरिएको निषेधाज्ञाका कारण हिमाल पारीका जिल्ला मनाङ र मुस्ताङमा पाठ्यपुस्तक पुर्याउन नै सकस भएको छ ।

फागुनमा नै नयाँ शैक्षिकसत्र शुरु हुने ती जिल्लामा वैकल्पिक शिक्षाको पहुँच पनि पुग्न सकेको छैन । वैकल्पिक शिक्षाको पहुँच बाहिर रहेका ती जिल्लाका विद्यार्थीले अहिलेसम्म पाठ्क्रम त परै जाओस् पाठ्यपुस्तक सम्म देख्न पाएका छैनन। महामारीका कारण शैक्षिकसत्र सुरु भएको चार महिना पुग्न लाग्दा पनि हिमाली जिल्लामा पठनपाठन प्रभावित भएको छ ।

गण्डकी प्रदेशभित्रका सामुदायिक विद्यालयमा पाठ्यपुस्तक वितरण गर्दै आएको जनक शिक्षा समाग्री केन्द्रको पोखरास्थित प्रादेशिक कार्यलयमा सबै कक्षाका पाठ्यपुस्तक भण्डार कक्षमा आइसके पनि बाहिरी जिल्लामा भने हालसम्म नगएको कार्यालयका वरिष्ठ सहायक शिवविलास पौडेलले जानकारी दिए । कार्यालयले नवलपुरबाहेक प्रदेशका १० वटै जिल्लामा सामुदायिक विद्यालयका पुस्तक वितरण गर्दै आएको छ ।

हिमाली जिल्ला बाहेक प्रदेशका अन्य जिल्लाका सामुदायिक विद्यालयमा आगामी असार १ गतेदेखि वैकल्पिक माध्यमबाट नयाँ शैक्षिकसत्र शुुरु हुँदैछ ।

+2 School
Counseling
Bachelors Portal