SEE Result 2082

शिक्षक महासंघले ५७ लाख भ्रष्टाचार गरेको भन्दै अख्तियारमा मुद्दा दायर

शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघले ५७ लाख हिनामिना गरेको भन्दै एक शिक्षकले आज अख्तियार दुरुपयोग अनुसंधान आयोग र जिल्ला प्रशासन कार्यलय काठमाडौंमा छानविनका लागि निवेदन दिएका छन् ।

तनहुँँका शिक्षक रमेश बाबु भट्टराईले संम्पूर्ण शिक्षकहरुको छाता संंगठन मानिएको महासंघले शिक्षकहरुको लेबीबाट उठाएको सो रकम हिनामिना गरेको भन्दै उजुरी दिएका हुन् ।

शिक्षक भट्टराईले हालसम्म महासंघले हिनामिना गरि बेरुजु देखिएको हुँदा का.जि.प्र.का.द.नं.०२÷०६० भएको केशरमहल कार्यलय रहेको महासंघको राष्ट्रिय समितिलाई आयोगले छानविन गरी प्रचलित कानुन बमोजिम बिगो असुल उपर गरी उक्त रकम शिक्षकको पेसागत हितका लागि सदुपयोग गर्ने उद्देश्यले उजुरी दिएको जानकारी दिए ।

‘भौतिक रुपमा उपस्थित भएर र मेल मार्फत आज उजुरु दर्ता गराएको छु।हाम्रो लेबि बाट भ्रष्टाचार गर्नेलाई कानुनी दायरामा ल्याउने हाम्रो कर्तव्य हो ।’ उनले भने, ‘भ्रष्टाचार विरुद्ध सून्य सहनशीलताको तनीति अनुरुप उजुरी दिएको हुँ, कसैले भ्रष्टाचारीलाइ मलजल गर्ने संरक्षण गर्नु हुँदैन भनेर उजुरी दिएको हुँ ।’

+2 School
Counseling
Bachelors Portal