SEE Result 2082

दोहोरो सुविधा लिने उपप्राध्यापक विरुद्ध मुद्दा दायर

पोखरा विश्वविद्यालयका उप–प्राध्यापक रविन्द्र प्रसाद बराल दोहोरो सुविधा लिइ भ्रष्टचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  विशेष अदालत, काठमाडौंमामुद्दा दायर गरेको छ ।

आयोगले बरालले बिना स्वीकृति प्रतिवद्धता विपरीत अन्य शिक्ष्क्ष संस्थामा अध्यापन गरी दोहोरो सुविधा लिएको र अन्य स्थानमा काम नगर्ने प्रतिवद्धता पेश गरी गैर(शैक्षणिक भत्ता (नन्टिचिङ्ग एलाउन्स) समेत लिएको भन्ने उजुरी पुटि भएको हुँदा आयोगले मुद्दा दायर गरेको हो ।

अन्य स्थानमा काम नगर्ने भनी गरेको प्रतिवद्धता र पोखरा विश्वविद्यालयले भराएको फाराममा समेत अन्यत्र काम नगर्ने भनी आफैले गरेको हस्ताक्षर सहितको प्रतिवद्धता विपरीत सार्वजनिक सरकारी संस्थाबाट नन्टिचिङ अलाउन्स समेत लिएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा निज उपर सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवानाको मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालत, काठमाडौंमा आरोप–पत्र गरेको छ ।

+2 School
Counseling
Bachelors Portal