SEE Result 2082

पाठ्यपुस्तकमा  मुद्रण प्रति अनिवार्य लेख्नु पर्ने

शैक्षिक सत्र २०८० देखि प्रकाशन हुने  पाठ्यपुस्तकमा अनिवार्य सर्वाधिकार, मूल्य र मुद्रण प्रति संख्या अनिवार्य राख्नु पर्ने भएको छ ।

पाठ्यक्रम विकास केन्द्रलाई राष्ट्रिय सर्तकता केन्द्रले पाठ्यपुस्तकको छपाइ भएको प्रति उल्लेख नहुँदा राजस्व चुहावट हुने भन्दै पत्राचार गरे पछि यस्तो निर्देशन दिएको हो ।

सतर्कता केन्द्रले छपाइ भएका पाठ्यपुस्तकको संख्या उल्लेख नहुँदा राजस्व चुहावट भएको विषयमा छाविन गर्न निर्देशन दिएपछि पाठ्यक्रम विकास केन्द्रले यस्तो निर्देशन दिएको शाखा अधिकृत तार पाण्डे तिवारीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

१३ ओटा छापाखानाले छाप्छन्  कक्षा १–५ का पाठ्यपुस्तक

त्यसैगरी पाठ्यक्रम विकास केन्द्रले कक्षा १–५ का पाठ्यपुस्तक छपाइका लागि १३ ओटा फर्म तथा संस्थालाई अनुमति दिएको छ ।

केन्द्रले ओमशिव प्रिन्टिङ प्रेस क्षेत्रपाटी, समा प्रिन्टर्स प्रालि भैसेपाटी ललितपुर, लोकेन्द्र प्रिन्टिङ प्रेस एन्ड पब्लिकेसन प्रालि , सहयात्रा प्रिन्टर्स एन्ड पब्लिसर्स प्रालि, साइनो छापाखाना र हंसवाहिनी प्रिन्टर्स एन्ड पब्लिकेसन प्रालि विराटनगर, मनकामना प्रिन्टर्स एन्ड पब्लिसर्स प्रालि मारङ, नयाँमुलुक प्रकाशन प्रालि बाँके, चिरायु प्रेस एन्ड पब्लिसिङ प्रालि भक्तपुर, कालिका प्रिन्टिङ एन्ड प्याकेजिङ प्रालि चितवन, सुदिपा ट्रेडिङ कम्पनी प्रालि र स्वर्गद्वारी अफसेट प्रेस प्रालि काठमाडौंलाई पाठ्यपुस्तक छपाइका लागि सूचीकरण गरेको छ ।

पाठ्यक्रम तथा पाठ्यसामग्री विकास तथा वितरण निर्देशिका, २०७९ बमोजिम चार रङका पाठ्यपुस्तक र अन्य पाठ्यसामग्री छपाइ गरी बिक्री वितरण गर्न  सूचीकरण गरेको हो । निर्देशिकाको परिच्छेद ११ को दफा ३४ बमोजिम गठित मुद्रक तथा वितरक सूचीकरण सिफारिस समितिले गरेको सिफारिस बमोजिम सोही निर्देशिकाको दफा ३५(१) बमोजिम नवीकरण–सूचीकरण  गरेको छ ।

+2 School
Counseling
Bachelors Portal