SEE Result 2082

उपकुलपति छनोटको मापदण्ड परिवर्तन  गर्न सर्च कमिटिको बैठक बोलाइयो

त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटका लागि आज बिहान भएको विज्ञापनको चौतर्फि विरोध भएपछि प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्च कमिटिको बैठक बोलाएका छन् ।

विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदस्यलाई आज दिउसो छलफलमा बोलाएका हुन् । विज्ञापनको बुँदा नम्बर ङको प्रावधान हेरफेरका लागि सदस्यलाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लका अनुसार सर्च कमिटिले राखेको मापदण्ड परिवर्तन गर्नु पर्ने भएकाले प्रधानमन्त्रीले सदस्यलाई बोलाएका हुन् ।

सर्च कमिटिको दरखास्त सार्वजनिक भए लगत्तै यो प्रावधानले त्रिवि पूर्व पदाधिकारीको क्लब बन्ने, सिधै कार्यकर्तालाई नियुक्ति दिन मिल्ने चर्को स्वर सामाजिक सञ्जालमा आएको थियो ।

त्रिवि सुधार आन्दोलनमा लागेकाले पनि मापदण्ड परिवर्तन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

आज जारी सूचनाअनुसार उम्मेदवार नेपाली नागरिक हुनुपर्ने छ । नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, वैयक्तित विवरण, स्नातकोत्तर र विद्यावारिधि तहको शैक्षिक योग्यताका प्रमाणपत्रको प्रतिलिपि, प्राध्यापकको सुरु नियुक्तिपत्रका प्रमाणित प्रतिलिपि, विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको व्यहोरा खुलेको विवरण तथा प्रमाणित प्रतिलिपि बुझाउनुपर्ने भनिएको छ ।

सूचनामा बढीमा तीन हजार शब्द रहेको विश्वविद्यालयसम्बन्धी सोचपत्र र बढीमा पाँच शब्द रहेको चार वर्षे व्यावसायिक कार्ययोजना पनि बुझाउन भनिएको छ । 

+2 School
Counseling
Bachelors Portal