SEE Result 2082

शिक्षकको छुट्टै अस्पताल खोलिने

सरकारले शिक्षकहरुलागि छुट्टै अस्पताल निर्माण गर्ने घोषणा गरेको छ । आज अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेश गर्दै यस्तो घोषणा गरेका हुन् ।

अर्थमन्त्री  शर्माले संसदमा बजेटको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै शिक्षकले लामो समयदेखि माग गर्दै आएको शिक्षक अस्पताल खोल्ने विषयमा सरकारले अध्ययन अघि बढाउने बताएका हुन्।

त्रिचन्द्र कलेज पुरानै शैलीमा पुनःनिर्माण गरिने

एमालेका सांसदहरुको नाराबाजीका बिच प्रस्तुत विधेयकमा  त्रिचन्द्र कलेज र घन्टाघरलाई  त्यसैगरी सरकारले आज  मुलुककै सबैभन्दा पुरानो त्रिचन्द्र कलेजलाई पुरानै ढाँचामा पूणनिर्माण गर्ने घोषणा गरेका छन् । अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७८-७९ को शंसोधित बजेटले त्रिचन्द्र कलेजलाई ऐतिहासिक महत्व झल्किने गरी पुरानै ढाँचामा पुनर्निमाण गर्ने प्रबन्ध गरिने घोषणा गरेका हुन् । त्यस्तै विश्वविद्यालयहरुलार्य पूर्वाधार विकास सहित अनुसन्धान केन्द्रको रुपमा विकास गरिने समेत घोषणा गरेका छन् ।उनले प्रत्येक प्रदेशमा शैक्षिक उत्कृष्टता केन्द्र स्थापना गर्ने योजना समेटेको उल्लेख गरे । उनले सो केन्द्रलाई अत्याधुनिक बनाउने समेत बताए।

कक्षा १२ का  विद्यार्थीलाई ‘पढ्दै कमाउँदै कार्यक्रम’

सरकारले प्राविधिक विधामा अध्ययन गर्ने कक्षा १२ सम्मका विद्यार्थी लक्षित गरी  ‘पढ्दै कमाउँदै कार्यक्रम’ कार्यान्वयनमा ल्याउने भएको छ । । सो कार्यक्रम  सबै प्रदेशका केही विद्यालयमा नमुनाका रुपमा शुरुआत गर्ने भएको छ ।

त्यस्तै सो विधेयकमा गुणस्तरीय शिक्षाका लागि विद्यालय नक्शांकन गरिने उल्लेख गरिएको छ । शिक्षाको गुणस्तरका लागि विस्तृत योजना बनाई कार्यान्वयनमा ल्याइने बताउँदै अर्थमन्त्री शर्माले प्राविधिक शिक्षा अध्ययन गर्ने कक्षा १२ सम्मका विद्यार्थीलाई पढ्दै कमाउँदै कार्यक्रम तय गरिएको बताए। सो अन्तर्गत प्रदेशका केही विद्यालयलाई नमूना विद्यालयका रुपमा सञ्चालन गरिने विधेकमा उल्लेख गरिएको छ ।

+2 School
Counseling
Bachelors Portal